BREAKING NEWS

Friday, November 27, 2015

लक्ष्मी उच्च मावि ब्यवस्थापन समितिको अध्यक्षमा तिमील्सेना

आदर्श समाज संबाददाता
लेखनाथ,११मंसिर।
लेखनाथ नगरपालिका बडा नं ३ अर्घौमा रहेको लक्ष्मी उच्च माविमा सुक्रबार भएको अभिभाबकहरुको भेलाले आगामी तीन बर्षका लागि शिबराज तिमिल्सेनाको अध्यक्षतामा नयाँ बिद्यालय ब्यवस्थापन समिति गठन गरेको छ।
सर्वसम्वत रुपमा गठन भएको समितिको सदस्यमा मायाँ बराल,सारदा सुनार र महिला सदस्यमा बृद्धा सुबेदी रहेकी छन् भने समितिको सदस्य सचिबमा विद्यालयका प्रधानाध्यापक श्रीभद्र बराल रहेका छन्।
यसै गरि सोही भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा ईश्वरराज भण्डारीलाई चयन गरेको छ भने समितिको सदस्यमा मनु देबकोटा खेमराज ढुगाना,विष्णु प्रसाद पौडेल,आइता सिह विक,केशव बहादुर विक र विष्णु ढकाल रहेका छन्। साथै अन्य पदाधिकारीको पछि चयन गरिने भएको छ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण जिसीको अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यालय निरिक्षक भोजराज न्यौपाने र स्रोत ब्यक्ति विष्णु प्रसाद तिवारीले विद्यालयको शौक्षिक विकासका लागि पदमा वस्ने होस बा बाहिर रहेका सवै अभिभाबकहरुले अभिरुची पुर्बक ध्यान दिनु पर्नेमा जोड दिएका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .