BREAKING NEWS

Wednesday, November 11, 2015

लमजुङमा जीप दुर्घटना हुँदा ५ को मृत्यु, २ गम्भीर



[मृत्यु र घाइतेको नामावलीसहित]
- आश गुरुङ, लमजुङ
कार्तिक २६, २०७२- लमजुङमा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।
बेसीशहर नगरपालिका वडा नम्बर १३, चनौटे र बेलौतीविसौना बीचमा पर्ने डाँडामा बिहीबार बिहान ३ बजेतिर जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । बेसीशहरतर्फ आउँदै गरेको जीप दुर्घटनामा परेर बेसीशहर नगरपालिका–१३ चनौटे पुरानो घर भई हाल नवलपरासीको शिवनगर नगरपालिका कावासोती बस्दै आएका खुशीराम आले, बेसीशहर १३, चनौटेका मोसा तामाङ र भरत थापा, खुदी ९, अर्खले घर भइ हाल चनौटेमा बस्दै आएका नन्दबहादुर गुरुङ र तनहुँ पुर्कोट घर भई हाल बेसीशहर १३ चनौटे बस्दै आएका बसन्त श्रेष्ठ रहेका छन् ।
मृतकमध्ये थापा नेपाली सेनाको सिपाही भएको प्रहरी नायब उपरीक्षक शम्भूप्रसाद ढकालले बताए । मृतकको शव पोस्ट मार्टमका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याइएको छ । उनीहरु सवै अन्दाजी २४ देखि २६ बर्ष उमेर समूहका रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बेसीशहर १३ चनौटेका हिरा घले र सेर्तुङ–१ धादिङ घर भई हाल चनौटेमा बस्दै आएका अक्कलबहादुर तामाङ गम्भीर घाइते भएका छन् । प्रहरी निरीक्षक केशवराज भट्ट र टेकबहादुर रावतसहितको प्रहरी टोलीले घटनास्थलमा पुगेर शव र घाइतेको उद्धार गरेका थिए । गम्भीर घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारपछि थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरामा रिफर गरिएको छ ।
प्रहरीका अनुसार जीप सडकबाट झन्डै २ सय मीटर मर्स्याङ्दी नदीको छेउमा रहेको खेतमा खसेर दुर्घटना भएको हो । जीपमा यी ७ जनामात्रै सवार रहेको र चालकको पहिचान नभएको प्रहरीले जनाएको छ ।

Via; Ekantipur

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .