BREAKING NEWS

Wednesday, November 25, 2015

पोखरामा तत्काल ग्यास बितरण नहुने, अनाबश्यक लाईन नबस्न प्रशासनको आग्रह


पोखरा ९ मंसिर । खाना पकाउने ग्यासको अभाबसँगै समस्या झेल्दै आएका पोखराका उपभोक्ताले अब छिट्टै ग्यास नपाउने भएका छन् । कास्की प्रशासनले बुधवार सुचना प्रकाशित गरी तत्काल ग्यास बितरण नगरिने स्पष्ट पारेको छ ।
बिभिन्न हल्लाको पछि लागेर ग्यास पाउने आशमा दिनहुँ लाईनमा बस्दै आएका उपभोक्तालाई लाईनमा बसेर अनाबश्यक दुख नपाउन आग्रह गरिएको छ । ग्यास बितरण हुने भएपछि सम्पूर्ण जानकारी सहित सुचना प्रकाशित गरिने भएकाले त्यसअघि कुनैपनि डिपोमा लाईन नबस्न प्रशासनले आग्रह गरेको हो ।
प्रशासकिय अधिकृत रामजी प्रसाद कोइराला द्धारा हस्ताक्षरित बिज्ञप्तीमा ग्यास आपूर्ति भएपछि पूर्ववत रुपमा ग्यास बितरण गरिने स्थान र संख्याको सुचना प्रकाशित गरिने उल्लेख छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .