BREAKING NEWS

Thursday, November 12, 2015

कैलाश विकास बैंकमा मेट्रो डेभलपमेन्ट बैंक लि. र नेपाल एक्सप्रेस फाईनान्स गाभिने

पोखरा, २३ कात्तिक
कैलाश विकास बैंक लि.संग मेट्रो डेभलपमेन्ट बैंक लि. र नेपाल एक्सप्रेस फाईनान्स लि. गाभिने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंक बाट “ख” वर्गको राष्ट्रिय स्तरको बिकास बैंकको रुपमा कारोवार गर्दै आएको कैलाश विकास बैंक लिमिटेड, संग “ख” वर्गको बिकास बैंकको रुपमा कारोवार गर्दे आएको मेट्रो डेभलपमेन्ट बैंक लिमिटेड र “ग” वर्गको वित्तीय कारोवार गर्दे आएको नेपाल एक्सप्रेस फाईनान्स लि. गाभिने सम्बन्धि समझदारी पत्रमा सोमबार हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा कैलाश विकास बैंक लिमिटेड संचालक समितिका अध्यक्ष राजेन्द्र गिरी, मेट्रो डेभलपमेन्ट बैंक लिमिटेड संचालक समितिका अध्यक्ष नारायण बराल तथा नेपाल एक्सप्रेस फाईनान्स लिमिटेड संचालक समितिका अध्यक्ष गिरीराज पाठक ले हस्ताक्षर गरे । संस्थाहरु विच २०७२ चैत्र मसान्त भित्र गाभ्ने÷गाभिने कार्य सम्पन्न गरी २०७३ बैशाख महिना देखि एकिकृत कारोवार गर्ने लक्ष्य लिईएका छन् ।

२०७२ आषाढ मसान्तको वित्तीय बिवरण बमोजिम तीनवटै संस्था गाभिए पश्चात कूल पूंजी २ अर्ब ५५ लाख, कूल निक्षेप रु.१२ अर्ब ३० करोड, ५ लाख तथा कूल कर्जा रु.१० अर्ब ७७ करोड कायम रहेकोछ भने कूल शाखा संख्या ३८ हुने छन् । उच्चस्तरीय बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दे आएका तीनवटै संस्था गाभिए पश्चात पूंजीकोष तथा व्यवसायको आधार फराकिलो हुन गई एक सवल र सुदृढ वित्तीय संस्थाको रुपमा खडा हुने तथा ग्राहकहरुलाई प्रभावकारी तथा बिश्वसनीय रुपमा आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्न सक्षम हुने विश्वास लिईएकोछ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .