BREAKING NEWS

Saturday, November 21, 2015

लेखनाथको सहेले पाखाका बृद्धालाई जमरकट्टेल परिवारको सहयोग


२०७२ मंसिर ५
लेखनाथ : लेखनाथ नगरपालिका वडा नं. ८ निवासी देवीमाया जमरकट्टेलले आफ्ना पतिको स्मृतीमा लेखनाथको सहेले पाखाका बृद्धाहरुलाई खाद्यान्न बितरण गर्नु भएको छ ।
जमरकट्टेलले शनिवार विहान लेखनाथको वडा नं. ६ को सयले पाखामा रहेको कृष्णप्रणामी बाल तथा बृद्धाश्रममा बस्दै आएका बृद्धाहरुलाई खाद्यान्न बितरण गर्नु भएको हो । उहाँले आफ्ना पति स्व. देविदास जमरकट्टेलको स्मृति र तमाम् मृत आत्माहरुको चिर शान्तीको कामना गदै, आश्रमका बृद्धाहरुलाई खाद्य सामाग्री, फलफुल, विस्कुट र आर्थिक दान समेत गर्नु भएको छोरा ऋषिराम जमरकट्टेलले जानकारी दिए ।
देविमायाका साथ उनका कान्छा छोरा ऋषि सहितका परिवारका सदस्य सहयोगका लागि आश्रम पुगेका थिए ।
देशको विषम परिस्थितिमा असहज अवस्थामा आश्रममा रहेका बृद्धाहरुलाई सामाजिक भावनाले प्रेरित भै सहयोग गरेको दाता उनका छोरा ऋषिरामले जानाकारी दिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .