BREAKING NEWS

Wednesday, November 25, 2015

विद्यालय निरिक्षक बरालको निधन


लेखनाथ,९मंसिर।
जिल्ला शिक्षा कार्यालय तनहुमा कार्यरत विद्यालय निरिक्षक हिरा बरालको ५३ बर्षको उमेरमा निधन भएको छ।
लेखनाथ नगर पालिका बडा नं ३ निबासी बरालको मंगलबार राती उपचारको क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो।
गत आईतबार विहान ह्दयघातका कारण अचानक बेहोस भएका बरालको उपचार कै क्रममा निधन भए पछि वुधबार हिन्दु धार्मीक परम्परा अनुसार सेती नदिको नारायण थान घाटमा दाहासस्कार गरिएको छ।
स्वर्गीय बरालका आमा,श्रीमती,तीन दाजुभाई,दुई बहिनी,एक दिदी,छोरा र छोरीहरु रहेका छन्।  यसै विच स्वर्गीय बरालको निधन प्रति फुलमष्ठ बराहा बराल बन्धु लेखनाथ ४ले गहिरो दुःख ब्यक्त गर्दै अमर आत्माको चिरशान्तिको कामना गर्दै हार्दीक समबेदना प्रकट गरेको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .