BREAKING NEWS

Friday, November 20, 2015

सरकारी टोली इन्धन सम्झौत गर्न भोलि चीन जाने


काठमाण्डौ ४ मंसिर । इन्धन आयातको व्यापारिक सम्झौता गर्न सरकारी टोली भोलि मात्रै चीन जाने भएको छ । निगम स्रोतका अनुसार भोलि शनिबार र पर्सि आइतबार चीनमा बिदा हुने भएकाले आजको सट्टा भोलि जाने तयारी भएको हो । यसअघि आज चीन जाने तयारी भएको थियो ।
व्यापारिक सम्झौताबारे चीनसँग सोमबार मात्रै छलफल हुने भएकाले आज जाने कार्यक्रम रोकिएको निगम स्रोतले जनाएको छ । भोलि चीन जाने वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शम्भु घिमिरे नेतृत्वको टोलीले व्यापारिक सम्झौता गरे लगत्तै तेलको आयात थाल्ने सरकारले जनाएको छ । टोलीमा नेपाल आयल निगमसहित परराष्ट्र, कानुन, अर्थ मन्त्रालयका प्रतिनिधि पनि सहभागी हुने छन् ।
भारतको अघोषित नाकाबन्दीपछि विकल्पमा सरकारले चीनबाट इन्धन ल्याउन लागेको हो । पेट्रो चाइनासँग इन्धन खरिदका विषयमा प्रारम्भिक सम्झौता भने भइसकेको छ । चीनबाट मुख्यगरी तातोपानी र केरुङ नाकाबाट इन्धन आयात गरिनेछ । गत वैशाख १२ गते गएको भूकम्पका कारण तातोपानी नाका पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । यो नाका सञ्चालन गर्ने बारे पनि तयारी भैरहेको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .