BREAKING NEWS

Wednesday, November 25, 2015

गोल्डेन नेचरमा अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न

लेखनाथ, मंसिर ९

लेखनाथ नगरपालिका वडा नं. १२, खुदी–ढुङ्गेपाटन स्थित गोल्डेन नेचर उच्च माध्यमिक विद्यालयमा विद्यार्थीहरूमा निहित प्रतिभा प्रष्फुटन उदेश्यले नियमितरूपमा विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालनको क्रममा अङ्गे्रजी हिज्जे प्रतियोगिता सम्पन्न भयो ।

कक्षा ४ देखि ६ सम्मका विद्यार्थीहरू सहभागी उक्त प्रतियोगितामा पहेलो सदनका अञ्जन भुजेल, अंकिता आचार्य, असिम सिंह ठकुरी र रितेस थापाको समूहले प्रथम स्थान प्राप्त गर्न सफल भयो भने निलो सदनका सविन जमरकट्टेल, सुमित सुबेदी, भुमिका बसौला र स्मृति तिमिल्सेनाको समूहले द्वितीय स्थान प्राप्त गर्न सफल
भयो । उक्त कार्यक्रमको संयोजन शिक्षक प्रेम बहादुर बुढाथोकी र शिक्षिका अमिता जि.सि.ले गर्नुभएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .