BREAKING NEWS

Wednesday, November 11, 2015

कास्कीको लेखनाथबाट ११ लाख नगद सहित २४ जुवाडे पक्राउ

पोखरा २५ कार्तिक । 
तिहारको अबसरमा जुवा, तास खेल्ने रमाईलो गर्ने कुरा नौलो होईन । तर रामरमाईलोको बाहानामा ठूलो धनराशी दाउमा राख्ने र घरखेत डुवाउनेहरु पनि छन् ।
तिहारको अबसरमा ठूलो धनराशी दाउमा राखेर जुवा खेल्दै गरेका २४ जना कास्कीको लेखनाथबाट पक्राउ परेका छन् । बुधवार लेखनाथ नगरपालिका ९ वेगनासताल स्थित होटल शिरिसबाट ११ लाख १६ हजार ७० रुपैया नगद सहित २४ जनालाई नियन्त्रणमा लिईएको कास्की प्रहरीले जनाएको छ ।
जुवा खेल्दै गरेको सुराकीको आधारमा खटिएको प्रहरी टोलीले नगद सहित १८ थान कौडा र ३ थान पासा सहित दिउसो तीन बजे उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक कृष्ण बहादुर पल्ली मगरले जानकारी दिए ।
पक्राउ पर्नेमा लेखनाथ १ का २८ बर्षिय बिष्णु हमाल, ४३ बर्षिय टेक बहादुर गुरुङ, बर्ष २८ का किसान गुरुङ, २८ बर्षिय सागर गुरुङ, बर्ष ४१ का सुदिप गुरुङ, ४८ बर्षिय श्रीधर आचार्य, लेखनाथ ८ शिशुवा बस्ने बर्ष ४१ का नमराज भट्टराई, ४९ बर्षिय राम प्रसाद बास्तोला, ४९ बर्षिय झलक बहादुर गुरुङ, बर्ष ५० का खड्क बहादुर गुरुङ रहेका छन् ।
त्यस्तै लेखनाथ ८ कै ४९ बर्षिय शुक्रराज जमरकटेल, बर्ष ४४ का शेषराज शर्मा, ३६ बर्षिय गोपिराम बञ्जरा , २८ बर्षिय गोपी भण्डारी, बर्ष ४३ का राजेश भट्टराई, लेखनाथ ९ का ४५ बर्षिय मोहनराज खनाल , बर्ष ३४ का रमेश बञ्जरा, ३६ बर्षिय चन्द्रशम्सेर राना , ५६ बर्षका कोलोक बहादुर गुरुङ, लेखनाथ १० का ४२ बर्षिय तिर्थराज पौडेल, बडा नं ११ बस्ने बर्ष ४१ का पुरुषोतम अधिकारी, २४ बर्षिय मोहन श्रेष्ठ, बर्ष ३४ का शम्सेर श्रेष्ठ र लेखनाथ १२ बस्ने बर्ष ३५ का रञ्जन कुवर पक्राउ परेका छन् । उनिहरुलाई जुवा ऐन अन्तर्गत मुद्धा चलाईने प्रहरीले जनाएको छ ।



Via Peace Pokhara: http://goo.gl/Ve2OZs

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .