BREAKING NEWS

Saturday, November 28, 2015

मेडिकल काउन्सिलको परीक्षामा नक्कली परीक्षार्थी भेटिए

काठमाडौं १२ मंसिर। डाक्टरहरुको लाइसेन्सका लागि लिइने नेपाल मेडिकल काउन्सिलको परीक्षामा नक्कली परीक्षार्थी बनेर गएका दुईजना चिकित्सक पक्राउ परेका छन् ।
काठमाडौंको स्वयंभू सानो भर्‍याङस्थित आर्मी प्रतिष्ठानमा शनिबार भएको मेडिकल काउन्सिलको परीक्षामा यस अघि नै काउन्सिलबाट लाइलेन्स प्राप्त दुई चिकित्सकहरु नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेका अवस्थामा पक्राउ परेका हुन् ।
स्रोतका अनुसार उनीहरुले सक्कली परीक्षार्थीको प्रवेश पत्रमा फोटोसमेत परिवर्तन गरेका थिए । परीक्षार्थी नवीनकुमार यादवको ठाउँमा डा। सुशील मण्डलले परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका हुन् ।
त्यस्तै अर्का परीक्षार्थी सुरेश साहको नामबाट अर्कैले परीक्षा दिइरहेका थिए । मेडिकल काउन्सिलका सदस्य सुरज शर्माले नक्कली परीक्षार्थी पक्राउ परेको स्वीकार गर्दै केहीबेरमा विवरण सार्वजनिक गरिने बताए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .