BREAKING NEWS

Thursday, November 12, 2015

उद्योगीहरुको मिलेमतोमा खानेतेलको मूल्य दोब्बर


काठमाडौं, २६ कात्तिक
नाकाबन्दीको वहाना बनाउँदै चाडबाडका बेला दैनिक उपभोग्य वस्तुको चरम कालोबजारी हुन थालेको छ । ठूला उद्योगीहरूको मिलेमतोमा खाने तेलको मूल्य दोब्बर बढाइएको छ । चिनी, चामल, दाललगायतका वस्तुको पनि मूल्य अकासिएको छ । भारतले गरेको नाकाबन्दीका कारण कच्चा पदार्थ आयात ठप्प भएको वहानामा ती उद्योगहरूले मूल्य दोब्बर पारेका हुन् । 
व्यवसायीले चर्को मूल्य असुल्न थालेपछि आपूर्ति व्यवस्था र बजार अनुगमन गर्न जिम्मा पाएको वाणिज्य विभागमा उजुरीसमेत पर्न थालेको छ । विभागका बजार अनुगमन शाखा निर्देशक हरिनारायण बेल्बासेका अनुसार खाने तेलमा चर्को मूल्य असुलेको भन्दै २० वटा उजुरी परेको छ । यसअघि लेबल राखी बढी मूल्य असुल्ने गरेको उजुरीमा उल्लेख गरेको बेल्बासेले बताए । 
उजुरीको आधारमा विभागले मंगलबार बालाजु, गोंगबु र सामाखुसी क्षेत्रमा अनुगमनसमेत गरेको थियो । अनुगमनको क्रममा खुद्रा पसलहरूले १ सय ८० पर्ने तेलको मूल्य २ सय ७० देखि २ सय ८० रुपैयाँमा बिक्री गरेको फेला परेको थियो । ‘अनुगमनका क्रममा तेलको मूल्य अत्यधिक बढेको भेट्यो । अधिकतम मूल्य नै २ सय ७०/८० राखिएको छ,’ अनुगमन टोलीको नेतृत्व गरिरहेका विभागका अनुगमन अधिकृत पोसराज खनालले भने,‘मूल्य कसरी ह्वातै बढ्यो अध्ययन गर्नु जरुरी छ ।’
– कान्तिपुर दैनिकबाट

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .