BREAKING NEWS

Saturday, November 28, 2015

सोमवार लेखनाथका ११ स्थानबाट २८ सय सिलिण्डर ग्यास बाँडिने (डिलरको नाम सहित)

लेखनाथ १२ मंसिर । कास्कीको लेखनाथमा सोमवार ग्यास बितरण गरिने भएको छ । लेखनाथका ११ स्थानबाट शक्ति र गृहलक्ष्मी कम्पनीको गरी २८ सय सिलिण्डर बितरण गर्न लागिएको हो ।
लेखनाथका ८ स्थानबाट शक्ति ग्यास २१ सय २८ सिलिण्डर बितरण गरिनेछ भने तीन स्थानबाट गृहलक्ष्मी कम्पनीको ६ सय ७३ सिलिण्डर बितरण गर्न लागिएको जिल्ला आपूर्ति समिति कास्कीले जनाएको छ । ७.१ केजी तौल भएको आधा सिलिण्डर ग्यासको मूल्य ७ सय रुपैया तोकिएको छ ।
तोकिएको डिलरले स्थानीय जनप्रतिनिधि, टोल विकास संस्था, नागरिक समाज, वडा मन्च समेतको उपस्थितिमा लाइन लगाई नाम, ठेगाना र हस्ताक्षर सहितको अभिलेख तयार गरी ग्यास बितरण गरिने बताईएको छ । पोखरामा भने तत्काल ग्यास बितरणको तयारी नरहेको ग्यास बिक्रेता महासंघ कास्कीले जनाएको छ ।
जिल्ला आपूर्ति समितिका अनुसार ग्यास बितरण हुने स्थान र संख्या निम्नानुसार रहेका छन्

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .