BREAKING NEWS

Wednesday, November 25, 2015

शेष घले, राजेश हमाल र पारस खड्का लैंगिक हिंसाविरुद्धका सदभावदूत


काठमाडौं ९ मंसिर। सरकारले एनआरएन अध्यक्ष शेष घले, अभिनेता राजेश हमाल र क्रिकेटर पारस खड्कालाई लैलिंक हिंसाबिरुद्धको सदभावदूत नियुक्त गरेको छ ।
बुधबारबाट सुरु भएको लैङ्गकि हिंसाविरुद्धको १६ दिने अभियानका अबसरमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले तीन जनालाई सदभावदूत घोषित गरेको हो । सद्भाव दूतहरुले आगामी दुई बर्षसम्म समाजमा लैंगिक हिंसा न्यूनिकरणका लागि जनचेतना जगाउन बिभिन्न कार्यक्रममा सहभागीता जनाउनेछन् ।
महिला हिंसाविरुद्ध पुरुषको पनि सहकार्य अनिवार्य हुने भएकाले ख्यातिप्राप्त तीन पुरुषलाई सद्भाव दूत घोषणा गरिएको मन्त्रालयले जनाएको छ । सद्भाव दूत घोषित एनआरएनए अध्यक्ष शेष घलेले महिला हिंसाविरुद्ध एनआरएनए सक्रिय रुपमा लागेको बताए । साथै उनले हिंसा न्यूनिकरणको थालनी आफ्नै घरबाट गर्नु पर्नेमा समेत जोड दिएका छन् ।
तीनै सद्भावन दूत संयुक्त राष्ट्रसंघ अन्तरगतको ‘मेन लिडर नेटवर्क’ अन्तरगत नेपाल समितिको सदस्य समेत रहनेछन् । राष्ट्रसंघले महासचिव वान कि मुनकै नेतृत्वमा मेन लिडर नेटवर्क बनाएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .