BREAKING NEWS

Friday, November 6, 2015

युवा बैज्ञानिक रदिले उत्पादन गरे खाना पकाउने बनस्पति ग्यास


पोखरा, २० कात्तिक । भारतले गरेको अघोषित नाकाबन्दीले इन्धन, ग्यास लगायत अत्यावश्यक सामाग्रीको अभाव भईरहेका बेला लमजुङको करापुटार नगरपालीका लक्ष्मि बजारका रदि मियाले बनस्पतिबाट ग्यास उत्पादन गरेका छन् ।
यस अघि अल्ट्रा लाइट बनाएर चर्चामा आएका युवा बैज्ञानिक मियाले गाउँमा पाईने विभिन्न सामाग्री प्रयोग गरेर ग्यास उत्पादन गरेका हुन् । गाउँ घर तिर पाइने बनस्पतिको प्रयोग गरेर मैले यो ग्यास उत्पादन गरेको हुँ, रदिले भने ।
उनले सालधुप, बाँसको पानी लगायतका समाग्रीलाई मिसाएर ग्यास उत्पादन गरेका छन् । ग्यास उत्पादमा सफल भएको दावी गर्दै रदिले भने – मैले उत्पादन गरेर खाना पनि पकाए । यसले बजारमा पाईने खाना पकाउने ग्यासको जस्तै काम गर्न सक्दछ ।
उनले बनाएको ग्यास अहिलेको परिप्रेक्षमा निकै महत्वपुर्ण मानिएको छ । भारतले गरेको अघोषित नाकाबन्दी पछि नेपालीहरुमा आत्मनिर्भर र स्वाभिमानी बन्नुपर्छ भन्ने भावनाको विकास भएको छ ।
युवा बैज्ञानिक रदि मियाले उत्पादन गरेको ग्यासको अनुसन्धान गरी आवश्यक प्रविधिको बिकास र सरकारी सहयोग भयो भने नेपालमा नै ग्यास उत्पादन गर्न सकिने विकल्प देखिएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .