BREAKING NEWS

Thursday, November 26, 2015

जनप्रकाशमा नब आगन्तुक विद्यार्थीको स्वागतार्थ सास्कृतीक कार्यक्रम


आदर्शसमाज संबाददाता।
लेखनाथ,१०मंसिर।
कास्कीको लेखनाथ नगरपालिका बडा नं १भण्डारढिकमा रहेको जनप्रकाश उच्च मावी कक्षा १२का बिद्यार्थीहरुले कक्षा ११का नव आगन्तुक विद्यार्थीको स्वगतार्थ विहिबार बृहत सास्कृतीक कार्यक्रमको आयोजना गरेका छन्।
विद्यार्थीहरुका विच भातृत्व र मित्रता वढाउने उदेस्यले हरेक बर्ष जस्तै यस वर्ष पनि नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत र सम्मान गर्दै परिचयात्मक सहितको सास्कृतीक कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रमको उद्घाटन गर्दै जनप्रकाश उच्च मावीका प्रधानाध्यापक शिवमणि भण्डारीले विद्यार्थीको उज्ज्बल भविश्यको कामना गर्दै अनुशासित भएर पढ्नका लागि अनुरोध गरेका थिए भने उच्च मावी संयोजक मनोज पौडेलले विद्यालयको नियम र परिधीमा रहेर लगनसिल भएर पढनका लागि सवैमा आग्रक गरेका थिए।
कार्यक्रम संयोजक धन बहादुर गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा शिक्षक अर्जुन ओझा ्िडल्लीराम पौडेल,खिमराज सुवेदी,बेदहरी  तिमिल्सेना र रामजि वंजरा लगाएतले आ आफनो धारणा राखेका थिए।
कक्षा १२का विद्यार्थी अनिल सुनारले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य बिद्या विक र स्वर्णीम थापा मगरले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .