BREAKING NEWS

Wednesday, November 18, 2015

आज पोखरा र लेखनाथका १४ पम्पबाट डिजेल बितरण गरिदै, पेट्रोल भोलि बाँडिने

पोखरा २ मंसिर । 
नेपाल आयल निगमको गगनगौडा डिपोले आज पोखरा र लेखनाथका १४ पम्पबाट ७४ हजार लिटर डिजेल वितरण गर्ने भएको छ ।
निगमको डिपोमा भैरहवा नाकाबाट केही परिमाणमा डिजेल पेट्रोल भित्रिएकाले उपभोक्ताको सहजताका लागि इन्धन वितरण गर्न लागिएको जनाइएको छ । जिल्ला आपूर्ति समितिको निर्णय अनुसार पम्पहरुलाई इन्धन बितरणको व्यवस्था मिलाइएको गण्डकी धौलागिरी पेट्रोलीयम डिलर्स एशोसियशनका महासचिव राजन गोगंजुले जानकारी दिए ।
लेखनाथका पश्चिमाञ्चल ट्रेडर्स, शुभजगदम्बा आयल स्टोर्स र जुपिटर आयल स्टोर्सबाट ६/६ हजार लिटर डिजेल वितरण गरिने छ । यसैगरी पोखराका नमिता ट्रेडर्स, हिमाली आयल स्टोर्स, वि.एस आयल स्टोर्स, अटो क्लिन, पराजुली र थापा आयल स्टोर्सबाट ६/६ हजार लिटर डिजेल वितरण गरिने छ । यसैगरी शारदा आयल स्टोर्स, जगदम्बा आयल स्टोर्स, सागर र जयवुद्ध आयल स्टोर्सबाट ४/४ हजार लिटर डिजेल वितरणको व्यवस्था मिलाइएको छ ।
आपूर्ति समितिको निर्णय अनुसार ठुलो बस तथा ट्रक लाई ८ हजार रुपैयाको, मिनिबस र मिनी ट्रकलार्इ ३ हजार रुपैयाको, हायस माइक्रोलाई ३ हजार र मालवहाक साना ढुवानीका सवारी साधनलाई २ हजार ५ सय र साना नगरबसलाई २ हजार रुपैया बराबरको इन्धन उपलब्ध गराईनेछ ।
यसैगरी बेगनासताल तथा स्थानीय श्रृंगायातायातका बसहरुलाई २ हजार ५ सय, खाद्यान्न ढुवानीका साना सवारी साधनलाई २ हजार, ठुलो ट्याक्टरलाई ३ हजार, सानो ट्याक्टरलाई ५ सय र अन्य विविध सवारीका साधनलाई १ हजार रुपैया बराबरको इन्धन उपलब्ध गराईने जनाइएको छ ।
यसैगरी पर्यटक बस ठुलालाई ८ हजार, पर्यटक सानो सवारीका साधनलाई ३ हजार ५ सय, स्कुल बस ठुलोलाई ५ हजार र सानो बसलाई २ हजार ५ सयको इन्धन बितरण गरिने निर्णय भएको छ । अति आवश्यक सवारी साधनलाई भने आवश्यकतानुसार शसस्त्र प्रहरीबलको कालिका पम्पबाट इन्धन उपलब्ध गराईने जनाइएको छ ।
पेट्रोल भने भोली बिहिबार बितरण गरिने जनाइएको छ । यता पोखरामा पछिल्लो समय इन्धनको कालोबजारी भएकाले सवारीका साधनहरु निर्वाधरुपमा संचालन भएको पाईएका छ । नेपाल भारत सिमाबाट कालोवजारी भै पोखरामा समेत दैनिक २५ देखी ३० हजार लिटर इन्धन भित्रिएको हुन सक्ने अनुमान गरिएको छ । कालोवजारीको इन्धनले पोखरामा सवारी साधनको चाप भने घटेको पाईएको छैन । सिमान क्षेत्रबाट कालोवजारी गरी ल्याइएको इन्धन डिजेल प्रति लिटर २ सय र पेट्रोल ३ सय ५० रुपैयासम्म विक्री हुँदै आएको इन्धन प्रयोगकर्ताहरुले बताएका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .