BREAKING NEWS

Wednesday, November 18, 2015

पेरिसमा प्रहरी कारवाही, तीन जनाको मृत्यु


एजेन्सी । गत शुक्रबार १२९ जना मानिसको ज्यान जाने गरी आइएस आतंकवादीको हमलापछि फ्रान्सको राजधानी पेरिस बुधबार फेरि बमको आवाजले थर्किएको छ ।  पुलिसको सर्च अपरेशनका क्रममा बुधबार सातवटा बमका धमाका भएका छन् । पुलिस अरेशनका क्रममा गोलाबारी पनि भएको छ ।
जसमा एक पुलिसकर्मीको ज्यान गएको छ । सर्च अपरेनशनका क्रममा एक महिला आत्मघाती समेत तीन संदिग्ध आतंकवादी पनि मारिएका छन् । बमको धकामापछी सेन्ट डेनिसमा सबै विद्यालय बन्द गरिएको छ । यसैबीच एक भवनमा आतंकवादी लुकेको आएको छ । जहाँ पुलिस र आतंकवादीबीच झडप जारी रहेको छ । भवनमा पेरिस हमलाका मास्टरमाइन्ड लुकेको हुनसक्ने अनुमान गरिएको छ ।
पुलिसले त्यहाँबाट तीनजना संदिग्ध व्यक्तिहरुलार्इ पनि गिरफ्तार गरेको छ । बुधबार भएको फायरिङपछि पुलिसले पेरिसमा सर्च अपरेनशलार्इ तीब्र पारेको हो । पुलिसले गहन जाँच गर्दै सन्दिग्ध व्यक्तिहरुमाथि कडा निगरानी गरिरहेको छ ।
विमानमा बमको सूचनापछि आपतकालिन अवतरण
यसैबीच फ्रान्सका दुर्इ विमानलार्इ आपतकालिन अवतरण गराइएको छ । अज्ञात व्यक्तिले फोन गरेर बम रहेको सूचना दिएपछि दुबै जहाजलार्इ पुलिसले आपतकालि अवतरण गराएको हो । जानकारी अनुसार अमेरिकाको लस एन्जल्सबाट पेरिस गइरहेका एएफ ५५ र एएफ ६५ मा बम रहको सूचना आएको थियो ।
यो सूचना आएलगत्तै उडान नम्बर एएफ५५ लार्इ क्यानाडाको ह्यालिफ्याक्समा अवरतण गराइएको छ । यसमा २९८ यात्री र क्रुका सदस्य रहेका थिए । त्यसैगरी उडानन संख्या एएफ६५ लार्इ साल्ट लेकमा अवतरण गराइयो । यो जहाजमा ४ सय यात्री र चालक दलका सदस्य थिए ।
अवतरणपछि पुलिसले जाँच गर्दा दुबै बिमानमा अहिलेसम्म बम फेला परेको छैन । दुबै बिमान र यात्रुका सबै सामानको जाँच गर्दा पनि बम फेला नपरेपछि अफबाह फैलाइएको निचोड प्रहरीले निकालेको हो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .