BREAKING NEWS

Wednesday, November 11, 2015

साफ फुटबलका लागि २७ खेलाडी छनौट, नामसहित


काठमाडौं, २५ कात्तिक
भारतमा हुने साफ च्याम्पियन्ससिप फुटबलका लागि २७ खेलाडी छनौट भएका छन् । आगामी डिसेम्बर २३ तारिखदेखि भारतको केरलामा हुने साफ च्याम्पियन्ससिपका लागि मुख्य प्रशिक्षक प्याट्रिक एजुम्सले यी खेलाडी छनौट गरेका हुन् । प्रारम्भिक टोलीमा रहेका ३९ जना मध्येबाट २७ खेलाडी छानिएका छन् । 

छनौट भएका खेलाडीहरुमा किरण चेम्जोङ, विकेश कुथु, अमृत चौधरी, रञ्जित धिमाल, रबिन श्रेष्ठ, देबेन्द्र तामाङ, जितेन्द्र कार्की, अनन्त तामाङ, अदित्य चौधरी, विराज महर्जन, अजित भण्डारी छन् । यसैगरी जगजीत श्रेष्ठ, रोहित चन्द, हेमन गुरुङ, राजेन्द्र रावल, शिव श्रेष्ठ, विक्रम लामा, बिशाल राई, योगेश गुरुङ, टंक बस्नेत, नविन लामा, अन्जन विष्ट, नवयुग श्रेष्ठ, अनिल गुरुङ, बिमल घर्ती मगर, किरण लिम्बु र भरत खवास रहेका छन् । अजित भण्डारी लेखनाथ, कास्कीका हुन्।

प्रारम्भिक टोलीमा म्याच फिक्सिङ (खेल मिलेमतो)को आरोपमा पक्राउपछि धरौटीमा छुटेका निवर्तमान कप्तान सागर थापासहितका खेलाडीलाई भने समावेश गरिएको छैन । मुद्दाको टुङ्गो नलागेसम्म उनीहरुको निलम्बन कायमै रहने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .