BREAKING NEWS

Wednesday, November 18, 2015

२० लाख नगदसहित १७ जुवाडे पक्राउ काठमाण्डौ


काठमाण्डौ, २०७२ मंसिर २ गते
गौशालामा कौडा खेलिरहेका १७ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट १९ लाख ९४ हजार रुपैयाँ नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।विशेष सुराकीका आधारमा गएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर नौ गौशालामा रहेको केशवध्वज राणाको घरमा जुवाखेलिरहेका उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेका केशवध्वज राणा, अभिषेक राणा, रुपेश श्रेष्ठ, क्षेत्रबहादुर तामाङ, जोगबाहादुर तामाङ, सोहेल कार्की, बद्री धिताल रहेका छन् ।
त्यस्तै विजय थापा, मुक्ति लामा, अनन्त दाहाल, प्रकाश पन्त, कृष्ण लामा, उमेश थापा, निश्चल प्रधान, हरि घिमिेर, जितबहादुर नेवार र प्रदीप श्रेत्री बोगटीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । नगदसहित उनीहरुको साथमा रहेको १६ थान कौडाका गोटी, १२ बुंक तासलगायत बरामद गरेको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .