BREAKING NEWS

Friday, November 27, 2015

‘पुरुष कर्मचारीबाट शाब्दिक हिंसा’


पोखरा ११ मंसिर । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यालय प्रमुख र महिला कर्मचारी बीच अन्तक्रिया कार्यक्रममा सहभागि महिला कर्मचारीले पुरुष कर्मचारीबाट बढि शाब्दिक हिंसा हुने गरेको बताएका छन् ।
लैङ्गिक हिंसा विरुद्ध मुल आयोजक समितिद्धारा आयोजित सो कार्यक्रममा सहभागि महिलाले सो कुरा बताएका हुन् । उनीहरुले पुरुषकर्मचारीबाट सबैभन्दा बढि शाब्दिक हिंसा हुने गरेको बताए, परिवर्तन गर्न चाहाने तर आत्मसात गर्न नसक्ने पुरुषवादि सोचले महिला माथि विभेद हुने गरेको उनीहरुको भनाइ थियो । समान पदीय दायित्व भए पनि पुरुषलाई बढि प्राथमिकता दिने, निर्णायक भुमिकामा महिलालाई स्थान नदिने, कार्यसम्पादन गर्ने अवसर नदिने, आर्थिक जिम्मेवारी नदिने कार्यक्षेत्रमा महिला मैत्री वातावरणको अभाव रहेको उनीहरुको भनाइ थियो ।
महिला तथा बालबालिका कार्यालय कास्किका प्रमुख लक्ष्मी जि.सीले अधिकांश कार्यालयहरु महिला मैत्रि हुन नसकेको बताउनु भयो । उहाँले भाषणमा भन्दा व्यवहारबाट आचरण सुधार्नु पर्ने भन्दै परिवर्तनकालागि आफैबाट शुरुवात गर्नुपर्ने बताउनु भयो । हिंसा सहन्न र अरुलाई पनि गर्दिन भन्ने प्रतिबद्धता सबैमा हुनुपर्ने बताउनु भयो ।
स्थानिय विकास अधिकारी रामचन्द्र तिवारीले समुन्नत समाजकालागि लैङ्गिक हिंसा अन्त्य आवश्यक रहेको भन्दै हिंसा रहित समाजको पक्षमा आफु लागि परेको बताउनु भयो । हिंसा भएमा खुलेर विरोध गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
त्यसैगरी जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद अधिकारी, घरेलु तथा साना उद्योगका प्रमुख कृष्ण आचार्य, जिल्ला कृषि विकास कार्यालयका प्रमुख रमेश कोइराला, जिल्ला भू संरक्षण कार्यालयका नारायण पौडेल, खानेपानी कार्यालयका नन्दलाल बञ्जाडे, अञ्चल आयुर्वेद कार्यालयका प्रमुख सुभद्रा कार्की, बालि संरक्षण अधिकृत स्तुती आचार्य, गैसस महासंघका केन्द्रिय सचिव रामप्रसाद सुवेदी लगायतले हिंसा रहित, लैङ्गिक मैत्री वातावरणकालागि आ–आफ्नो ठाउँबाट पहल गर्ने बताए । उनीहरुले हिंसा नगर्ने र हिंसा नसहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .