BREAKING NEWS

Wednesday, November 25, 2015

विहिवार पोखरामा १२ हजार लिटर मट्टीतेल बितरण गरिने, प्रति परिवार ५ लिटर

पोखरा ९ मंसिर । ग्यास अभाबमा मट्टीतेलको प्रयोग गर्दै आएका पोखरा र लेखनाथका उपभोक्तालाई पहिलो पटक मट्टीतेल बितरण गरिने भएको छ ।
विहिवार पोखराका तीन स्थानबाट ९ हजार र लेखनाथका एउटा स्थानबाट तीन हजार लिटर मट्टीतेल बितरण गरिने जिल्ला आपूर्ति समिति कास्कीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतको अध्यक्षतामा बुधवार बसेको वैठकले यस क्षेत्रका उपभोक्ताको लागि १२ हजार लिटर मट्टीतेल बितरण गर्ने निर्णय गरेको हो ।
जस अनुसार लेखनाथको शिसुवा स्थित लेखनाथ आयल स्टोर्स , पोखराको शान्ति प्रोभिजनल स्टोर्स, विन्धवासिनी, विकास स्टोर्स, विरौटा र शाकार आयल स्टोर्स, सिमपानीबाट तीन तीन हजार लिटरको दरले मट्टीतेल बितरण गरिनेछ ।
तोकिएको डिलरहरुबाट प्रति परिवारलाई ५ लिटरको दरले मट्टीतेल उपलब्ध गराईने छ । लाइनमा बसेका व्यक्तिहरुको नाम, थर र ठेगाना सहितको विवरण राखी सो परिमाणमा मट्टीतेल बितरण गर्न लागिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .