BREAKING NEWS

Saturday, November 14, 2015

पोखराबाट झण्डै ९० हजार नगद सहित १० जुवाडे पक्राउ


पोखरा २८ कार्तिक । पोखराबाट झण्डै ९० हजार रुपैया नगद सहित जुवा खेल्दै गरेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा १० उत्तम चोक स्थित कृष्ण गुरुङको घरमा जुवा खेल्दै गरेका १० जनालाई शुक्रवार साझ ८९ हजार ९ सय ६५ रुपैया सहित पक्राउ गरिएको प्रहरी निरिक्षक वेद प्रकाश जोशीले जानकारी दिए ।
कृष्ण गुरुङको घरमा भाडामा बस्ने जमान गुरुङले अवैधरुपमा जुवातास खेलाएको सुचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।
उनिहरुको साथबाट ४ बुक तास, ६ थान पासा र १७ थान कौडा समेत बरामत गरिएको प्रहरीले जनाएको छ । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जानकारी दियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .