BREAKING NEWS

Friday, October 16, 2015

एनआरएनएको अध्यक्षमा फेरि शेष घले निर्वाचित

काठमाडौ, २९ असोज /गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा दोस्रो पटक शेष घले निर्वाचित भएका छन्। बिहीबार काठमाडौमा भएको निर्वाचनमा टेकबहादुर (टीबी) कार्कीलाई ६४१ मतले पराजित गर्दै घले दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएका हुन्।

घलेले ८६७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कार्कीले २२६ मत पाएका थिए। यसअघि अध्यक्षका उम्मेदवारी दिएका रतन झाले घलेलाई सघाउँने भन्दै उमेदवारी फिर्ता लिएपछि घलेको विजय सुनिश्चित भएको हो।
विहिबारको निर्वाचनले आगामी दुई बर्षका लागि घलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। लमजुङको घनपोखरा गाविसमा जन्मिएका घले अष्ट्रेलियका ९९ औं धनी व्यक्तिमा पर्छन्। घलेले ८ अर्ब लगानीमा नेपालमा पाँच तारे होटल निर्माणको वृहत आयोजना समेत अघि बढाईसकेका छन्।
को को विजयी भए।
अध्यक्ष  शेष घले  ८६७
उपाध्यक्ष  भवन भट्ट   ९५३८० र कुमार पन्त ९५१२०
महासचिव   बद्री केसी ९५५५०
कोषाध्यक्ष   हिक्मत थापा ९२६४०
सचिव  अर्जुन श्रेष्ठ ९३९३०
युवा संयोजक  विजय पोखरेल
उपसंयोजक लोकराज शर्मा
महिला संयोजक. सपिला राजभण्डारी
महिला उपसंयोजक  राजनी प्रधान
अमेरिका संयोजक  सेनाम लामा
अमेरिका उपसंयोजक  आङ छिरिग शेर्पा
एसिया प्यासिफक संयोजक  किरण विक्रम थापा
युरोप संयोजक  कुल आचार्य निर्विरोध
युरोप सह संयोजक दाबा शेर्पा र प्रेम गुरुङ
गल्फ संयोजक  डीबी क्षेत्री
गल्फ उपसंयोजक  धर्मराज गिरी र उमेश अधिकारी
ओसियाना  महेन्द्र लम्साल

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .