BREAKING NEWS

Thursday, October 1, 2015

लेखनाथको कार्यकारीमा भण्डारी

लेखनाथ, १४ असोज
लेखनाथ नगरपालिकाको कार्यकारी अधिकृतका रुपमा लोकवहादुर भण्डारी सरुवा भएर आएका छन् ।  उनले विहिबार देखी नगरपालिकाको कार्यकारी अधिकृतका रुपमा पदस्थापन समेत गरेका छन् ।

भण्डारी इलाम नगरपालिकाको कार्यालयबाट काज सरुवा भएर लेखनाथ नगरपालिका आएका हुन । धनकुटा घर भएका भण्डारीको स्थानीय निकाय लेखनाथ नगरपालिका दोश्रो हो । निजामति सेवामा १८ बर्ष बिताएका भण्डारीले नगरपालिकाका कर्मचारीलाई सम्वोधन गर्दै, जनतामैत्री बन्न निर्देशन दिएका छन् । 
उनले जनताको काम पारदर्शि रुपमा छिटो छरितो गर्न समेत कर्मचारीलाई निर्देशन दिएका छन् । उनले आफुलाई सफल असफल बनाउने नगरपालिकाको कर्मचारीको हातमा रहेको उल्लेख गर्दै, आफु लेखनाथमा रहँदा सवै कर्मचारीको साथ पाउने अपेक्षा गरे ।
उनले कार्यसम्पादनका आधारमा कर्मचारीको मुल्यांकन हुने बताउँदै, इमान्दारिता पूर्वक जनताको काम गर्न आग्रह गरे ।
सेवाग्राहीले देखिने गरी नगरपालिकाबाट सेवा पाएको अनुभूति हुनु पर्ने उल्लेख गर्दै, उनले नगरको विकासमा राजनितिक दल, नागरिक समाज, नीजि क्षेत्र, नगरमा क्रियाशिल विभिन्न संघसंस्था र संचारमाध्यमसँग सहकार्य गरेर अघि वढ्ने प्रतिवद्धता व्यक्त गरे ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .