BREAKING NEWS

Saturday, October 31, 2015

नेवाःखल लेखनाथको अध्यक्षमा लिगल


फोटो क्यप्सन: नेवाः खल लेखनाथको प्रथम साधारण सभाबाट नव निर्बाचित पदाधिकारीहरु सामुहिक तस्विरमा । तस्विर : भीमपाणी वराल
लेखनाथ,१४ कार्तिक ।
नेवाःखल लेखनाथको सनिवार सम्पन्न प्रथम साधारण सभाले आगामी कार्यकालका लागि प्रेम लिगलको अध्यक्षतामा १५सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
सर्बसम्बत रुपमा गठन भएको समितिको उपाध्यक्षमा राजकुमार श्रेष्ठ, गणेश कुमार श्रेष्ठ र मानबहादुर श्रेष्ठ,सचिबमा नरेश कुमार श्रेष्ठ,सह सचिबमा लेख नारायण श्रेष्ठ र कोषध्यक्षमा नानीमायाँ श्रेष्ठ रहेकी छन् भने सदस्यहरुमा मोहन कुमार प्रधान,ईन्द्र कुमारी श्रेष्ठ,लिलबहादुर श्रेष्ठ,दुर्गा कुमार श्रेष्ठ,पृथ्बी नारायण श्रेष्ठ,ईश्वरमान कतिला,रामकुमार श्रेष्ठ र प्रेमलाल जोशी रहेका छन्।
यस अधि कार्यक्रमको उद्घाटन गर्दै नेवाःखल कास्कीका उपाध्यक्ष गणेश बहादुर श्रेष्ठले धर्म र संस्कृतीको रक्षाका लागि सबै वर्ग र समुदायहरु संगठीत भएर अगाडी वढ्नु पर्ने आवश्यकता औल्याउदै उद्योमसिल भएर आफनो जिबनलाई सुखि र खुसी राख्नका लागि सवैमा अनुरोध गरेका थिए।
कार्यक्रममा बोल्दै सस्कृतविद तिर्थ श्रेष्ठले नेवार जाती कुनै एक बिशेष जात जाती नभई सम्पुर्ण बर्ग र समुदायको संगम स्थल भएको ईतिहासीक पक्षका बारेमा जानकारी गराएका थिए भने नेवाः खल कास्कीका कोषाध्यक्ष चन्द्रबहादुर राजभण्डारीले नेवारले ब्यापारीक क्षेत्रमा मात्र नभई राष्ट्रिको विकासमा समेत अतुलनिय सहयोग पु¥याउदै आएको विचार राखेका थिए।
नेवाः खल लेखनाथका अध्यक्ष प्रेम लिगलको अध्यक्षतामा भएको सो कार्यक्रममा निर्बाचन मण्डलका संयोजक भैरबलाल श्रेष्ठ,गणेस गुठिका सदस्य मेनका श्रेष्ठ,क्याप्टेन होमबहादुर श्रेष्ठ,समितिका सह सचिव गणेश कुमार श्रेष्ठ लगाएतले आ–आफनो धारण राखेको सो कार्यक्रमको संचालन गणेश नेवाःखल गगनगौडाका कोषाध्यक्ष नरेश कुमार श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष पदमकुमार श्रेष्ठले राखेका थिए।
नेरेसो लेखनाथ उप शाखाको रक्तदानमा ३१युनिट रगत संकलन
लेखनाथ,१४कार्तीक।नेपाल रेडक्रस सोसाईटी लेखनाथ उप साखा र युवा रेडक्रस सर्कल लेखनाथको संयुक्त आयोजनामा राखेको खुल्ला रक्तदानमा ३१युनिट रगत संकलन भएको छ।
उप साखाको बाषिक कार्यक्रम अन्तरगत सनिवार लेखनाथको अर्घौचोकमा राखेको रक्तदानमा ३१युनिट रगत संकलन भएको हो।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाईटी कास्की साखाका सभापति बामदेब ढुगानाले रेडक्रसले आपत,विपत असाहाय र असक्तको क्षेत्रमा गर्दै आएको सहयोगले सामाजीक रुपमा आम जनमासमा सहयोग गर्नु पर्छ भन्ने भावनाको विकास भएको धारणा राख्दै रेडक्रसको अभियानलाई गाउगाउ र टोलटोलमा पु¥याउनु पर्नेमा जोड दिएका थिए।
उप साखाका सभपति हिरामणि सुबेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता सस्थाका अध्यक्ष बोधराज लामीछाने,लेखनाथ जेसिजका अध्यक्ष विनोद प्रसाद लामिछाने,उप साखाका सदस्य गणेशभक्त अधिकारी र युवा रेडक्रस सर्कल लेखनाथका अध्यक्ष सुर्य भटराईले रक्तदानको महत्व र उपयोगीताका बारेमा जानकारी गराएका थिए।
उप शाखाका उप सभापति खगेन्द्रराज आचार्यले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन सचिव नगेन्द्र लामिछानेले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .