BREAKING NEWS

Saturday, October 3, 2015

सरकारकै असफलताले नाकाबन्दी : बिजुक्छे


पोखरा १६ असोज। 
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले लगाएको अघोषित नाकाबन्दी सरकारकै कमजोरीका कारणले लम्बिएको आरोप लगाएका छन् ।
नेवा खलः कास्कीको वार्षिक साधारणसभालाई शनिवार पोखरामा सम्बोधन गर्दै उनले सरकारको कुटनीतिक असफलताका कारण नाकाबन्दी लम्बिएको बताए ।
नेमकिपा अध्यक्ष बिजुक्छेले प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रसंघमा नगएर गल्ती गरेको टिप्पणी गर्दै भारतले गरेको नाकाबन्दीका बारेमा अन्र्तराष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराउने मौका गुमाएको उल्लेख गरे । उनले भुकम्पमा सहयोग गर्ने दाता राष्ट्रहरुलाई धन्यवाद र नाकाबन्दीको बारेमा विश्वलाई सुनाउने मौका पाएपनि आसेपासेको कुरा सुनेर राष्ट्रसंघको महासभामा नजाँदा देशमा समस्या झन् थपिएको बताए ।  बिजुक्छेले नेवारी संस्कृति सभ्यता पनि भएकाले यसलाई जिवन्त राखिराख्नुपर्नेमा जोड दिए ।
नेवा खलः कास्कीका उपाध्यक्ष तथा संस्कृतिविद् तीर्थ श्रेष्ठले नेवा छेँ को निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए ।  तमु धिँ नेपालका अध्यक्ष कर्मा तमुले धेरै ठूलो बलिदान पछि प्राप्त संविधान पेट्रोल नपाएर थन्किने गाडी जस्तै नबनोस् भन्दै सबै जातजातीले अपनत्व महशुष गर्ने खालको संविधान हुनुपर्नेमा जोड दिइन् ।
नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा थकाली सेवा समाजका निवर्तमान अध्यक्ष अम्बर तुलाचन, धर्म शिला बुद्ध विहारका दायक सभाका अध्यक्ष कृष्णमान गुभाजु, जवाहरलाल श्रेष्ठ लगायतले बोलेका थिए ।
कार्यक्रममा नेवा छेँ निर्माणका लागि नगद १ लाख भन्दा बढी सहयोग गर्ने सहयोग दाताहरु तथा लामो समय नेवा खललाई नेतृत्व दिएर अमूल्य योगदान गरेको भन्दै निवर्तमान अध्यक्ष प्रकाशमान पालिखेलाई सम्मान गरिएको थियो ।
साधारणसभाको बन्द शत्रमा महासचिव प्रदीप रञ्जितले पेश गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्रबहादुर श्रेष्ठको आर्थिक प्रतिवेदन पारित भएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .