BREAKING NEWS

Friday, October 30, 2015

मिस क्विन लेखनाथको तयारी पुरा


लेखनाथ, १२ कार्तिक
लेखनाथमा पहिलो पटक हुन लागेको मिस क्विन लेखनाथको सम्पुर्ण तयारी पुरा भएको आयोजक सस्था लेखनाथ मिडिया हाउसले जानकारी दिएको छ । लेखनाथ क्षेत्रमा रहेका १६ देखी २५ वर्ष सम्म उमेरका युवतीहरुले भाग लिएको कार्यक्रममा १४ जना प्रतिष्पर्धी रहेका छन् । कार्तिक १४ गते पोखरा सभागृहको हलमा हुने कार्यक्रममा आम लेखनाथ वासीको भव्य सहभागीता रहने जानकारी  दिएका छन् । कार्यक्रममा लेखनाथमा प्रतिष्ठीत सस्थाहरु रोटरी क्लव अफ लेखनाथ, लेखनाथ जेसिज, रोट्याक्ट क्लव अफ लेखनाथ, रेष्टुरेन्ट तथा होटल एसोसिएसन लेखनाथ, लायन्स क्लव अफ लेखनाथ, युनिक इन्जिनीयरिङ्ग, होलीमाउण्ट स्कूल, एटुजेट फोटो लगाएत रहेका छन् । कार्यक्रममा प्रथमले ५० हजार गिÇट र म्युजिक भिडियो, दोस्रोले नगद ३० हजार र गिÇट, साथै तेस्रो हुनेले नगद २० हजार र गिÇट पुरस्कार पाउने छन् । त्यसै गरी अन्य धेरै सव टाइटल समेत रहेको जानकारी आयोजकले दिएका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .