BREAKING NEWS

Sunday, October 18, 2015

मिस क्विन लेखनाथको ट्यालेन्ट राउण्ड सोमवार

असोज ३०, शनिवार
लेखनाथमा पहिलो पटक हुन लागेको मिस क्विन लेखनाथको ट्यालेण्ट राउण्ड सोमवार हुने भएको छ । शनिवार एक कार्यक्रम गर्दै आयोजक लेखनाथ मिडिया हाउसले जानकारी गराएको हो । विगत १ महिना देखी चल्दै आएको तालिममा नेपालकै पहिलो कोरीयोग्राफर प्रशान्त ताम्राकार, लेखनाथ नगरपालिकाका कानु अधिकृत राममणी अधिकारी, कार्यक्रम संयोजक सन्दिप पोडैल, फोटो मण्डालका सन्दिप तिवारी लगाएतले तालिम दिई सकेको कार्यक्रम सहसंयोजक डविन गुरुङ्गले जानकारी दिए । 
मिस क्विन लेखनाथमा १५ जना प्रतिस्पर्धी लेखनाथ क्षेत्र भित्रवाट नै रहेका छन् । कार्यक्रममा उपाधी विजेताले ५० हजार, फस्ट रनर अपले ३० हजार र सेकेन्ड रनर अपले १५ हजार का साथै अन्य धेरै पुरस्कार जित्ने आयोजकले जानकारी गराएको छ । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .