BREAKING NEWS

Saturday, October 31, 2015

मिस क्विन लेखनाथको उपाधी सुलोचना श्रेष्ठलाई


मिस क्विन लेखनाथ: लेखनाथ मिडिया हाउसको आयोजनामा भएको कार्यक्रमको विचमा उपाधी विजेत सुलोचना श्रेष्ठ, दायाँ फस्ट रनर अप कोपला गुरुङ्ग र वाँया सेकेन्ड रनर अप सलिना राणा ।
तस्विर: फोटोमण्डल

लेखनाथ, १५ कार्तिक २०७२
लेखनाथ मिडिया हाउसको आयोजना र फोटो मण्डलको एसोसिएटी पामा लेखनाथमा पहिलो पटक भएको मिस क्विन लेखनाथको उपाधी वेगनासतालकी सुलोचना श्रेष्ठले हात पारेकी छन् । अन्तिम प्रतिष्पर्धामा १४ जनालार्य पछि पार्दै उनले उपाधी हासिल गरेकी छन् । त्यसै गरी फस्ट रनर अपको उपाधी वुढिवजारकी कोपिला गुरुङ्गले उचालेकी छन् । साथै सेकेन्ड रनर अपमा भण्डारढीककी सलिना राणाले उपाधी हासिल गरेकी छन् । त्यसै गरी मस्ट भ्यसवर च्वासको सवटाइटल मनिषा सुवेदीले जितेकी छन् ।
पोखरा सभागृहको हलमा करिव १ हजार भन्दा वढी दर्शकका विचमा भएको कार्यक्रममा वोल्दै प्रमुख अतिथी कर्मचार्य गु्रपका निर्देशक गोविन्द कर्माचार्यले लेखनाथको आर्थिक समाजिक, पर्यटन सँगसँगै फेशनको समेत विकास यस कार्यक्रममले शुरुवात गरेको वताउनु भयो । साथै सोही कार्यक्रममा विशिष्ट अतिथी लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले लेखनाथलाई राष्ट्रिय स्तरमा चिनाउनकालाई यो कार्यक्रमम अति उपयुक्त रहेको जानकारी दिए ।
लेखनाथ मिडिया हाउसका प्रवन्ध निर्देशक सन्दिप पौडेलको सभापतीत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिन रानाभाट र स्विकृती पन्तले गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .