BREAKING NEWS

Saturday, October 3, 2015

लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको ११औं साधारण सम्पन्न राष्ट्रिय सहमतिमा अहिलेको समस्या समाधान हुन्छःमन्त्रि अधिकारी

लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको ११औं साधारण सम्पन्न
राष्ट्रिय सहमतिमा अहिलेको समस्या समाधान हुन्छःमन्त्रि अधिकारी

लेखनाथ,१५ असोज।
नेपाल सरकारका स्वास्थ्य तथा जनसख्या मन्त्रि खगराज अधिकारीले राष्ट्रिय सहमतिका आधारमा बर्तमान समस्याको समाधान हुने कुरा बताएका छन्।

लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको सनिबार ११औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्रि अधिकारीले मधेसी मोर्चाको आन्दोलन र भारत सरकारको अघोषित नाकाबन्दीका कारण उत्पन्न विषम परिस्थितीको अन्ते गर्नका लागि सरकार सहमतिका आधारमा समस्यको समाधान गर्ने तयारीमा छ उनको भनाई थियो।

देशमा उत्पन्न बिषम परिस्थिलाई मध्यनजर राख्दै हामीहरुले उत्तरको छिमेकी देश चिनसग पनि ब्यापारीक सम्बन्ध विस्थार गर्दै जानु पर्ने आस्यकता औल्याउदै मन्त्रि अधिकारीले पेट्रोलियम पदार्य बाहेक अन्य उपभोग्य बस्तुहरुबाट नेपाल आत्मनिर्भर हुनु पर्छ जसका लागि नयाँ संबिधानले ति सम्भाबनाहरुको खोजी गरेको छ उनको भनाई रहेको थियो।
बिकासको पहिलो सर्त खानेपानी र त्यस पछिको बाटो भएकाले लेखनाथको परिबेसमा पाहाडी भेकमा शुद्ध खानेपानीको ब्यवस्थाको लागि समितिले योजना बनाएर अगाडि वढ्न सके सरकारी स्तरबाट सहयोग आउछ मन्त्रि अधिकारीको भनाई थियो।

लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष बोधराज लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा राष्ट्रिय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रिय उपाध्यक्ष कुलमणि देबकोटाले पर्याबरणीय असरका कारण देश भरि पानीको स्रोतमा कमि हुदै गएको प्रति चिन्ता  ब्यक्त गर्दै उनले उपाभोत्तासग जादाँ सेबाग्राही भावले र सरकारकोमा जादाँ अधिकारका कुरा लिएर जानु पर्नेमा जोड दिएका थिए।

कार्यक्रममा क्षेत्रिय अनुगमन तथा सुपरिबेक्षण कार्यालय पोखराका प्रमुख चन्द्रबहादुर केसी,सस्थाका निर्बतमान अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य,सस्थाका पुर्ब सचिब चतुराखर अधिकारी,नेपाली काग्रेस कास्कीका सचिब कृष्ण केसी,नेकपा एमाले लेखनाथ नगर संयोजक संकरनाथ पौडेल,एकिकृत नेकपा माओबादीका केन्द्रिय सल्लाकार कोमलनाथ बराल,राष्ट्रिय जनमोर्चाका कास्की अध्यक्ष रबिमोहन ढकाल, एकिकृत नेकपा माओबादी कास्कीका जिल्ला सदस्य निर्मला सुबेदी,लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारी,लेखनाथ उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष बलराम ढकाल,खैरेनीटार खानेपानी उपभोक्ता समितिका अध्यक्ष मुत्तिनाथ तिमिल्सेना र सम्पुर्ण महिलाहरुको तर्फबाट बिन्दु सुवेदी लगाएले लेखनाथको पाहाडी भेकहरुलाई समेट्ने गरि नयाँ योजना ल्याउनु पर्नेमा जोड दिएका थिए।
समितिका सचिब हरि लामिछानेले संचालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष विष्णुप्रसाद वरालले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .