BREAKING NEWS

Tuesday, October 13, 2015

सहकारी सेवा दिन र सेयर सदस्य सेबा लिनका लागि आतुर हुनु पर्छःतिवारी

भीमपाणी बराल
लेखनाथ,२६असोज।
जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारी सस्थाले जनतालाई सेबा दिन र सहकारीबाट प्राप्त हुने सेवा लिनका लागि स्वयम सेयर सदस्यहरु आतुर हुनु पर्नेमा जोड दिएका छन्।
लेखनाथ सामुदायिक कृषि सहकारी सस्थाको सातौं बार्षिक साधारण सभा तथा तेस्रो अधिबेसनको उद्घाटन गर्दै अध्यक्ष तिवारीले सहकारीमा सेयर सदस्यहरुले आर्थीक लगानी गरेर मात्र ढुक्क भएर बस्ने अवस्था नरहेको धारणा राख्दै सहकारीबाट प्रबाहा गरिने सेवाबाट आफुहरु कसरी लाभाम्वीत हुन सकिन्छ भन्ने बारेमा पनि गम्भिरता पुर्बक सोच्नु पर्ने अवस्था छ उनको भनाई थियो।
सहकारीको महत्व र आवस्यकताका बारेमा राज्यले पनि महसुस गरिरहेको अवस्थामा सहकारीले सामुहीक लगानीको शिध्यान्तलाई आत्मसाथ गर्दै पुजीको अधिकतम प्रयोग गरेर उत्पादनसिल क्षेत्रमा लगानी गरि आय आर्जनको क्षेत्र तर्फ लाग्नु पर्छ तिवारीको भनाई रहेको थियो।
लेखनाथ सामुदायिक कृषि सहकारी सस्थाका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,संघका निबर्तमान अध्यक्ष बावुराम गीरि,लेखनाथ सहकारी मञ्चका अध्यक्ष प्रशान्तराज धमाला,लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष बोधराज लामिछाने,पशु चिकित्सक ठगेनद्रप्रसाद अर्याल,ङयोए तमु धि लेखनाथका अध्यक्ष जङबहादुर गुरुङ र चक्रदेवि बहुमुखि सहकारी सस्थाका सचिब शिव बास्तोला लगाएतले आफनो धारणा राखेका थिए।
सस्थाका सचिब कुष्णप्रसाद तिवारीले संचालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष हिमालय ओझाले गरेकी थिईन।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .