BREAKING NEWS

Saturday, October 3, 2015

ले.उ.वा.संघद्धारा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकवहादुर भण्डारीलाई स्वागत


लेखनाथ, १६ असोज, २०७२
लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा लेखनाथ नगरपालिकाका नव नियुक्त कार्यकारी अधिकृत लोकवहादुर भण्डारीको सम्मानमा स्वागत तथा छलफल कार्यक्रम शनिवार लेखनाथ उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रमका सभापति एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले लेखनाथ नगरपालिकालाई कर्मथलो बनाएर नयां नियुक्त भएर पाल्नु भएका कार्यकारी अधिकृत लाई सात तालको नगरी एवं कवि शिरोमणि लेखनाथ पौड्यालको जन्म थलो लेखनाथमा समग्र उद्योगी र व्यवसायीको तर्फवाट लेखनाथमा स्वागत गर्दै समग्र लेखनाथको आर्थिक सामजिक विकासमा महत्वपुर्ण कार्य गर्नका लागि जोड दिनुहुर्दै संघ त्यसका लागि सदैव तत्पर रहने वताउनु भएको थियो ।
लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत एवं २ दिने व्यवसायीक योजना तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि लोकवहादुर भण्डारीले तालिम सहभागिहरुलाई प्रमाण पत्र वितरण गर्नु हुदै सहभागीहरुले तालिमबाट सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गर्नुहुदैं लेखनाथको आर्थिक विकासका लागि यहाँ रहेका निजी क्षेत्रसँग समन्वय गरि अगाडि बढ्न आवश्यक रहेको बताउनु हुदैं लेखनाथ उद्योग वाणिज्य संघसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभएको थियो ।
नव नियुक्त कार्यकारी भण्डारीले लेखनाथ क्षेत्रमा अत्यावश्यक रहेको ल्याण्डफील्ड साईड निमार्ण गर्नु पहिलो प्राथमिकतामा रहेको, नगरलाई हरियाली र सफा राख्न जरुरी रहेको बताउनुहुदै शहरको विकासका लागि सिटी हल, भ्यू टावरको निर्माणमा जोड दिनपर्ने रं सवै नगरबासीलाई विकास कार्ययोजना र कर प्रणालीलाई चुस्तदुस्त र प्रभावकारी बनाउदैं अगाडि नगरपालिका अगाडि बढ्ने साथै आवधिक र दिर्घकालिन गुरुयोजना अनुसार अगाडी वढ्नु पर्ने आवश्यकता रहेको धारणा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वावुराम गिरी, संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चतुराखर अधिकारीले नवनियुक्त कार्यकारीलाई स्वागत गर्नुहुदैं लेखनाथ नगरपालिकाले चालेका विकासका कार्यमा उ.वा.संघले सधै साथ दिने बताउनुहुदैं नगर प्रमुखले लेण्डफिल्ड साईड, औद्योगिक क्षेत्र, पोखरा बस टर्मिनल लगायतका विकास निर्माण कार्यलाई अगाडि बढाउन पहल गर्नुहुदैं कार्यकालको सफलताको शुभकामना दिनुभएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ र अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा संचालित व्यसायीक सहयोग इकाइ अन्तगर्त संचालित तालिमको समापन कार्यक्रममा संघका सहभागिको तर्फबाट तुलसी थापा र विश्वराज पौडेलले तालिम उपलव्धी भएको र तालिमबाट आफ्नो व्यवसाय संचालनमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभएको थियो । उक्त तालिममा ४० जनाको सहभागिता रहेको थियो ।


संघका द्धितीय उपाध्यक्ष बलराम ढकालले धन्यवाद मन्तव्य राख्नुभएको उक्त कार्यक्रम संघका महासचिव छत्रधर आत्रेयले संचालन गर्नुभएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .