BREAKING NEWS

Saturday, October 3, 2015

शनिवार लायन्स फुटवल प्रतियोगिताको क्वाटर र सेमी फाईनल खेल सम्पन्न आईतवार फाईनल खेल हुने

शनिवार लायन्स फुटवल प्रतियोगिताको क्वाटर र सेमी फाईनल खेल सम्पन्न आईतवार फाईनल खेल हुने

पोखरा, १६ असोज,      
लायन्स क्लव अफ पोखरा पिस सिटिको आयोजनामा अञ्चल शशस्त्र प्रहरी गुल्म पोखरामा चौथो अन्तर लायन्स फुटबल प्रतियोगिता एवं प्रथम अन्तर लायन्स फुटबल प्रतियोगिताको शनिवार क्वाटर र सेमी फाईनल खेल सम्पन्न सम्पन्न भएका छन ।
क्वाटर फाईनल खेलको खुलातर्फ पहिलो खेलमा लायन्स क्लव अफ पोखरा पिस सिटीले लायन्स क्लव पोखरा पिस चौतारीलाई ६—२ गोलको अन्तरले पराजित गरेको छ । दोश्रो खेलमा गोल्डेन चौतारीले हेम्जालाई ७—१, तेश्रो खेलमा फेवा फिस्टेल सिटीले मिड टाउनलाई २—० र चौथो खेलमा लायन्स क्लब अफ पोखरा माछापुछ«े र टुरिजम सिटी बिच भएको अन्तिम क्वाटर फाईनल खेल निर्धारित समयमा दुवै तर्फ कुनै गोल हुन नसके पछि बराबरीमा टुङिगन गई सडन डेथमा टुरिजम सिटी बिजयी भएको थियो । सडन डेथमा पराजित टीम लायन्स क्लब अफ पोखरा माछापुछे गतबर्षको उप बिजेता टिम हो । भेट्रान तर्फको क्वाटर फाईनल खेल शुक्रवार नै सम्पन्न भएको थियो । 

शनिवार नै सम्पन्न भेट्रान तर्फको खेलमा लायन्स क्लब अफ पोखरा मुनालले युनाईटेड चौतारीलाई ७—० पराजित गरी फाईनलमा जान रोकेको छ भने दोश्रो खेलमा लायन्स क्लब अफ पोखरा अन्नपुर्णले आँगनलाई १—० पराजित गरी फाईनल खेल खेल्नमा बञ्चित गरेको छ । यसै गरी खुल्ला तर्फ भएको पहिलो सेमी फाईनल खेलमा आयोजक टीम लायन्स क्लब अफ पोखरा पिस सिटीले गोल्डेन चौतारीलाई २—० गोलले पराजित गरी फाईनल खेल खेल्न रोकेको छ । दोश्रो खेलमा टुरीजम सिटीले फेवा फिस्टेल सिटी बिच सम्पन्न खेल निर्धारित समयमा बराबरीमा टुङिगन गई सडन डेथमा टुरिजम सिटी बिजयी भएको थियो ।आईतवार सम्पन्न हुने फाईनल खेलमा बिजेताको लागि भेट्रान तर्फ लायन्स क्लब अफ पोेखरा मुनाल र अन्नपुर्ण भिड्दै छन भने खुला तर्फ आयोजक टीम लायन्स क्लब अफ पोखरा पिस सिटी र टुरीजम सिटी बिच खेल हुनेछ । आईतवार बिहान ७ः०० बजेदेखि दुवै तर्फका फाईनल खेल शुरु हुने आयोजक क्लबका अध्यक्ष टंकराज अधिकारीले जानकारी दिएका छन ।
१४ गते देखि अञ्चल शशस्त्र प्रहरी गुल्म गण्डकीको खेल मैदानमा जारी सो प्रतियोगितामा कुल ३० वटा लायन्स क्लबहरुले प्रतिश्पर्धा गरेका थिए।

लायनहरुबीचमा आपसी भाईचाराको विकास गर्ने उद्देश्यले आयोजीत सो प्रतियोगिताको विजेता क्लवले २५ हजार ५ सय ५५, उपविजेता क्लवले १५ हजार ५ सय ५५ र भेट्रानतर्फ विजेता क्लवले १० हजार ५ सय ५५, उपविजेता क्लवले ५ हजार ५ सय ५५ रुपया नगदको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक लायन्स क्लब अफ पोखरा पिस सिटिका संस्थापक अध्यक्ष सुदिपराज ढुंगानाले बताए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .