BREAKING NEWS

Sunday, October 18, 2015

पोखरामा सार्वजनिक सवारी साधनका लागि आज आइतबार एक लाख लिटर डिजेल बितरण गरिदै


लेखनाथ : नेपाल आयल निगमको गगनगौंडा डिपोले सार्वजनिक सवारीका साधनलाई लक्षित गरी आज पोखरामा एक लाख लिटर डिजेल बितरण गर्ने भएको छ । दशैमा यात्रु तथा उपभोक्ताको सहजताका लागि सार्वजनिक सवारीका साधनलाई एक लाख लिटर डिजेल बितरण गर्न लागिएको हो । तनहुँका पम्पहरुका लागि १२ हजार लिटर डिजेल बितरण गरिने भएको छ ।

निगमको गगनगौंडा डिपोले पोखरा तथा लेखनाथका वटा पेट्रोल पम्पबाट १ लाख लिटर डिजेल वितरणको व्यवस्था मिलाएको हो ।
जिल्ला आपूर्ति समितिको शनिवार पोखरामा बसेको बैठकले सार्वजनिक सवारीका साधन बढी संचालन हुने गरी डिजेलको बितरण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
सार्वजनिक सवारीका साधनहरुले तोकिएको पेट्रोल पम्पमा पुगेर कोटा अनुसारको डिजेल भर्न पाउनेछन् । लामोदुरीमा चल्ने पोखरा—काँकडभित्ता, धरान, विराटनगर चल्ने बसलाई १ सय ५० लिटर डिजेल उपलब्ध गराईनेछ । यस्तै पोखरा फत्तेपुर, कटारी, सिन्धुली १ सय लिटर, पोखरा—पश्चिम १ सय लिटर, पोखरा काठमाण्डौं (ठुलोबस) १ सय लिटर, पोखरा—काठमाण्डौं (मिनीबस) ८० लिटर, पोखरा—काठमाण्डौं माइक्रो हाइस ४० लिटर, पोखरा—बिरगंज १ सय लिटर, पोखरा—भैरहवा ७० लिटर, पोखरा—नारायणगढ ५० लिटर र पोखरा—बाग्लुङ्ग बेनी चल्ने बसलाई ५० लिटर डिजेल उपलब्ध गराईने भएको छ ।
यसैगरी छोटो दुरीका पोखरा—दमौली मिनिबस लाई ३० लिटर, पोखरा—दमौली दुई सापटेलाई ६० लिटर, पोखरा—बेगनासकालाई ३० लिटर, पोखरा—बेगनास (ग्रामिण सडकमा चल्ने) लाई ५० लिटर, पोखरा नगरबसलाई ३५ लिटर, पोखरा नगरबसका ग्रामिण सडकमा चल्ने बसलाई ४० लिटर र ट्याक्सी माइक्रोलाई ३० लिटर उपलब्ध गराईने जनाइएको छ ।
अत्यावश्यक सेवा तर्फ नेपाल विद्युत प्राधिकरण लेखनाथलाई १ सय लिटर डिजेल इन्द्रज्योति आयल स्टोर्सबाट उपलब्ध गराईने भएको छ । यसैगरी एनसेललाई १ सय लिटर मनकामना आयल, नेपाल टेलिकम ५ सय लिटर र फोहर मैला उठाउने सवारी साधनलाई ३ सय ५० लिटर रानीपौवा आयल स्टोर्सबाट उपलब्ध गराईने जनाइएको छ । रेडियो नेपालको लागि विश्वास आयलस्टोर्सबाट ३ सय लिटर उपलब्ध गराउने निर्णय भएको छ । यसैगरी पशुविकास फार्मका लागि २ सय लिटर जयबुद्ध आयल स्टोर्सबाट, गण्डकी मेडिकल कलेजका लागि ५ सय लिटर अटोक्लिनबाट, रक्त संचार केन्द्रका लागि ५० लिटर बराल आयलबाट र लामो दुरी खाद्यान्न ढुवानी ५ सय लिटर पश्चिमाञ्चल आयल स्टोर्सबाट उपलब्ध गराईने भएको छ ।
यस्तै शससत्र प्रहरी बलको कालिका फ्यूल स्टेशनबाट पर्यटनका सवारी साधनलाई २ हजार ४ सय लिटर, एम्बुलेन्सका लागि ५ सय लिटर, शव वाहनका लागि १ सय ५०, अस्पतालका जेनेटर ६ सय लिटर, दुधका ट्यांकर ८ वटालाई ३ सय २० लिटर, संचारगृह टिभि स्टेशनका लागि १ सय लिटर, संचार गृह एफ एमहरुका लागि ४ सय ४० लिटर, दुध डेलिभरी भ्यानका लागि ३ सय लिटर, विद्युत प्राधिकरण मर्मत÷बितरणका लागि ५ सय लिटर उपलब्ध गराईने भएको छ । यसैगरी खाद्यान्न ढुवानी साना १५ गाडीका लागि २ सय ५० लिटर, तरकारी÷खसीबोका च्याङग्रा ढुवानी १५ गाडीका लागि ३ सय लिटर, औषधी ढुवानीका लागि १ सय लिटर, नेपाल प्रहरी जिल्ला प्रहरी कार्यालय कास्कीलाई २ हजार लिटर र हवाई एयरलायन्सका सवारी साधनलाई ३ सय लिटर उपलब्ध गराईने भएको छ ।
यसैगरी नेपाल प्रहरी क्षेत्रिय÷अंचल कार्यालय, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग र शसस्त्र प्रहरीलाई आवश्यकतानुसार बितरण गरिने समेत आपूर्ति समितिले निर्णय गरेको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .