BREAKING NEWS

Saturday, October 3, 2015

दिपशिखा पुस्तकालयको अध्यक्षमा भण्डारी


भीमपाणि बराल
लेखनाथ,१५असोज।
दिपशिखा सामुदायिक पुस्तकालय लेखनाथको सनिबार सम्पन्न आठौ बार्षिक साधारण सभा तथा पाचौं अबिधेशनले आगामी दुई बर्षका लागि कृष्णहरि भण्डारीको अध्यक्षतामा ११सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

सर्बसम्बत रुपमा गठन भएको समितिको उपाध्यक्षमा होमनाथ पौडेल,सचिबमा सोमत बहादुर श्रेष्ठ,सह सचिवमा दयाराम तिवारी र कोषाध्यक्षमा ऋषिराम भण्डारी रहेका छन् भने समितिको सदस्यमा विश्वराज पौडेल,सुबेदार चन्द्रबहादुर गुरुङ,सुबेदार नारायणसिह गुरुङ,कमला देवि भण्डारी,पबित्रा अधिकारी र पबित्रा पौडेल रहेकी छन् भने बाकी दुई सदस्य र सल्लाहाकारको चयन पछि गरिने भएको छ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै लेखनाथ नगरपालिकाका कानुनी सल्लाहाकार राममणि अधिकारीले दिपशिखा पुस्तकालयलाई नगर स्तरिय पुस्तकालयको रुपमा विकास गराउने  कार्ययोजना अनुरुप अगाडी वढाउन सुझाब दिदै पुस्तकालय स्थापनाले यस क्षेत्रका पाठकहरुलाई थप ज्ञान र सुचनाको जानकारी हुने विश्वास ब्यक्त गरेका थिए।

दिपशिखा सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका महासचिब छत्रधर आत्रेय,जनप्रकास उच्च माविका प्रधानाध्यापक शिबमणि भण्डारी,लेखनाथ हाडबर्यस एसोसियसनका अध्यक्ष ऋषिराम भण्डारी,नेपाली काग्रेस लेखनाथ नगर सचिब प्रेमकुमार श्रेष्ठ,एकिकृत नेकपा माओबादीका लेखनाथ संयोजक पुष्पकमल ढुगाना,पुस्तकालयका पुर्व अध्यक्ष ईश्वर बहादुर हमाल र कोषाध्यक्ष मेजर रामप्रसद गुरुङ लगाएतले आ आफनो धारणा राखेका सो कार्यक्रमको संचालन सचिब माधव भण्डारी र धन्यवाद ज्ञापन उपाध्यक्ष चेतबहादुर गुरुङले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .