BREAKING NEWS

Wednesday, September 30, 2015

पोखरामा जनचेतनामुलक साइकल ¥यालि

पोखरा, १२ असोज
विश्व मुटु दिवस । पोखरामा जनचेतनामुलक बृहत साईकल ¥यालि प्रर्दशन गरिएको छ। ‘स्वस्थ्य मुटु सबैका लागि जहिले पनि जहाँपनि’भन्ने नाराका साथ साइकल सिटी पोखरा र जयन्ती स्मृति प्रष्तिठानको संयुक्त आयोजनामा जनचेतनामुलक बृहतसाईकल ¥यालिगरिएको हो ।
पोखरालाई सइकल मैत्रीशहर बनाउने उद्देश्य राखेको साइकल सिटी पोखराले टुर दीपोखरा २०१५ नामदिएर साइकल ¥यालि गरेको हो । ¥यालिको ८ वर्षिय बालिकाआँचलकोइराला र ७२ वर्षियबृद्ध लोकनाथगौतमले बेलुन उडाएर उद्घाटन गरिएको थियो ।
पोखरा सभागृहबाट सुरु भएको ¥यालिमा ३ सय ५० वटा साईकल सहभागिभएको साइकल सिटी पोखराका सदस्यइश्वरप्रसादकर्माचार्यले जानकारी दिए ।  बृहत साईकल ¥यालिले पोखरा नगरको २८ किलो मिटर सडकको परिक्रमा गरी पून सहभागृहमा आएर समापन भएको थियो ।टुर दीपोखरा कार्यक्रमलाई आगामिवर्षहरुमानिरन्तरतादिने कार्यक्रमका संयोजकनिरज थापाले जानकारी दिए ।
पोखरामा साईकलपर्यटनको माध्यमले आर्थिक, सामाजिक वातावरणीय साथै हरेक रुपकाबिकासमा समेत प्रत्यक्ष सकारात्मकप्रभावपार्ने विश्वास साइकल सिटी पोखराको छ ।  ¥यालि सुरु हुनअघि जयन्ती स्मृति प्रतिष्ठानका मेनेजर आज्ञा खाँण र साइकल सिटी पोखराकाप्रमुख सल्लाहाकार आनन्दराज मुल्मीले मुटुकोबारेमाजानकारी राख्नुभएको थियो ।जयन्ती प्रतिष्ठानले विपिन्न परिवारका मुटु रोगको निशुल्कउपचार गर्दै आएका छ ।
मुटु दिवसकै अवसरमाजयन्ती स्मृति प्रतिष्ठानले तयार पारेको ‘आफ्नो मुटु बचाऔं’ पुस्तकपोखराका बालमन्दिर उच्चमावि, कन्यामावि रसितलादेवी उच्चमाविका ८ कक्षादेखि १२ कक्षाका विद्यार्थीलाई वितरण  गरिएको थियो।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .