BREAKING NEWS

Monday, October 19, 2015

सिटी डेभलपमेण्ट बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

कार्तिक २, पोखरा
विगत आठ वर्ष देखि समय सापेक्ष प्रविधिहरुको प्रयोग गर्दै, सुरक्षित आधुनिक तथा ग्राहकमुखि बैंकिङ्ग सेवा प्रदान गरिरहेको सिटी डेभलपमेण्ट बैंकले आफ्नो सफलताको आठौं बर्ष पुरा गरि नवौं बर्ष प्रवेशको अवसरमा यहि मिति २०७२ कार्तिक २ गते सोमबारका दिन खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

रक्तदान जिबनदान भन्ने मुल नाराका साथ सञ्चालन गरिएको उक्त कार्यक्रम प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा  कास्कीका सभापति श्री बामदेव ढुङ्गानाले बैंकका संस्थापक श्री हरि पाठकलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गर्नुभएको थियो । 

६० जनाले रक्तदान गर्नुभएको उक्त कार्यक्रममा स्थानिय व्यपारी, उद्योगी, समाजसेवी, महिला तथा बिभिन्न क्षेत्रका ब्यक्तिहरुको उल्लेखनिय उपस्थिती रहेको ग्रामीण भेकलाई प्रमुख कार्यक्षेत्र बनाई महिला, पिछडिएका बर्ग तथा युवाहरुमा लक्षित बैंकिङ्ग कार्यक्रम तथा लघुवित्त कार्यक्रम समेत संचालन गरिरहेको सिटी डेभलपमेण्ट बैंकले आगामि दिनमा नेपाल राष्ट्र बैंकका मार्ग निर्देशनहरुलाई पालाना गर्दै अझ विश्वसनिय तथा प्रभावकारी सेवा प्रदान गर्ने तथा विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिवद्धता जनाएको छ ।

स्थापना कालदेखि नै आफ्ना ग्राहक प्रतिको सेवामा समर्पित हुदै बिभिन्न बैंकिंग कार्यहरु गर्दै आइरहेको यस बैंकले प्रधान कार्यलय चिप्लेढुङ्गा सहित कास्की, तनहुँ लमजुङ्, चितवन, बाग्लुङ्, मनाङ लगायतका जिल्लाका कुल १८ शाखा मार्फत बैंकिङ सेवा सञ्चालन गर्दै आइरहेको जनाएको छ अन्तमा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले उक्त कार्यक्रमलाई सफल पार्नको लागि सहयोग गर्नुहुने नेपाल रेडक्रस सोसाइटी पोखरा रामघाटका प्राविधीक टोली, रक्तदान गरि जिबनदान गर्नुहुने रक्तदाता, बैंकका  शुभचिन्तक तथा सम्पुर्ण बैंक कर्मचारी साथै उपस्थित सम्पुर्ण ब्यक्तिहरुप्रति बैंक आगामी दिनहरुमा समेत यस्तै सहयोग र सहभागिताको अपेक्षका साथ हार्दिक आभार प्रकट गरि कार्यक्रम समापन  गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .