BREAKING NEWS

Monday, October 12, 2015

लेखनाथ खानेपानीको कार्यकारी र लेउबा संघका पदाधिकारीलाई स्वागत

भीमपाणी बराल
लेखनाथ,२५ असोज।
लेखनाथ साना शहरी खानेपानी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता सस्थाले सोमबार एक कार्यक्रमका बिच लेखनाथ नगरपालिकामा आउनु भएका कार्यकारी अधिकृत लोकबहादुर भण्डारी र लेखनाथ उद्योग बाणिज्य संघका नव निर्बाचित टिमलाई एउटै मञ्चबाट स्वागत तथा सम्मान गरेको छ।
कार्यक्रममा बोल्दै ईलाम नगरपालिकाबाट लेखनाथ नगरपालिकाको कार्यकारी अधिकृतका रुपमा आउनु भएका लोकबहादुर भण्डारीले लेखनाथ नगर क्षेत्रको आर्थीक,सामाजीक तथा भौतिक विकासका लागि सम्भाबनाको खोजी गर्दै दिर्घकालीन विकासको अबधारणले यहाँ रहेका सामाजीक संघ सस्थहरुसग सहकार्य गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए।
आधुनिक र सभ्य समाज निर्माणका लागि पानी अपरिहार्य बस्तु भएकाले यहाँ रहेका स्रोत र साधानको संरक्षण र तीनको भरपुर प्रयोगबाट हामीले परिकल्ना गरेको नगर बनाउन सकिनेमा धारणा राख्दै कार्यकारी कार्यकारी भण्डारीले  जाहाँ सोच हुन्छ त्यहाँ स्रोतको अभाव नहुने विचारमा राखेका थिए।
सोहि अवसरमा बोल्दै लेखनाथ उद्योग बाणिज्य संघका नब निर्बाचित अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले उद्योग बाणिज्य संघले निजि क्षेत्रको प्रतिनिधित्व गर्ने भए पनि लेखनाथ नगर क्षेत्रको समग्र विकासका  लागि सहयोगीको भुमिका निभाउदै अगाडि वढ्दै जाने प्रतिबद्धता जाहेर गरेका थिए।  
लेखनाथ साना शहरी खानेपानी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता सस्थाका अध्यक्ष बोधराज लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सचिब हरि लामिछानेले गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष विष्णुप्रसाद बरालले गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .