BREAKING NEWS

Tuesday, October 13, 2015

कार्यकारीलाई आदर्श युवा क्लबको स्वागत तथा सुभकामना

भीमपाणी बराल
लेखनाथ,२६असोज।
आदर्श युबा क्लब लेखनाथले मंगलबार लेखनाथ नगरपालिकाका नयाँ कार्यकारी अधिकृत लोकबहादुर भण्डारीको सम्मानमा स्वागत तथा सुभकामना कार्यक्रम आयोजना गरेको छ।
ईलाम नगरपालिकाबाट लेखनाथ नगरपालिकाको कार्यकारी अधिकृतका रुपमा आउनु भएका लोकबहादुर भण्डारीले कार्यक्रममा बोल्दै लेखनाथ नगर क्षेत्रको विकासका लागि सम्भाबनाको खोजी गर्दै यहाँ रहेका सामाजीक संघ सस्थहरुसग सहकार्य गर्दै अगाडि बढ्नु पर्ने धारणा राखेका थिए।
आदर्श युबा क्लवका अध्यक्ष लक्ष्मीप्रसादकोे अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका महसचिब छत्रधर आत्रेय,क्लबका सस्थापक अध्यक्ष चेतबहादुर गुरुङ,बेगनासताल बस संचालन समितिका अध्यक्ष खेमबहादुर गुरुङ,जनप्रकास उच्च माविका प्रधानध्यापक शिवमणि भण्डारी,दिपसिखा वाचनालयका अध्यक्ष कृष्णहरि भण्डारी,जनप्रकास बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख ऋषिराम भण्डारी लगाएतले विकास निर्माणका जुन सुकै काममा पनि नगरबासीहरु एकताबद्ध भएर अगाडी वड्नु पर्नेमा जोड दिएका थिए।
क्लबका सचिब खड्कबहादुर गुरुङले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष राजेश कुमालले गरेका थिए।                                

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .