BREAKING NEWS

Saturday, October 17, 2015

सभामुखको सपथ तथा पदभार ग्रहण आज


काठमाडौं १ कार्तिक । नवनियुक्त सभामुखले आइतबार पद तथा गोपनियताको सपथ लिने भएकी छन् । सभामुखमा निर्वाचन ओनसरी घर्तीले दिउँसो तीन बजे राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति डा. रामबरण यादवबाट पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
सपथपछि आजै सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पद बहाली गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । यसैबीच उपसभामुखमा निर्वाचित गंगाप्रसाद यादवको शपथग्रहण भने सोमबार हुने भएको छ ।
सपथको कार्यक्रम सोमबार बिहान ११ बजे सिंहदरबारमा हुने संसद सचिवालयले जनाएको छ । यादवले सभामुख ओनसरी घर्तीबाट सपथ लिनेछन् । सपथ लगत्तै यादवले पनि पदबहाली गर्नेछन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .