BREAKING NEWS

Saturday, October 3, 2015

सैनिक बस्थी ग्रुप नं१को पाचौं साधारण सभा सम्पन्न

भीमपाणि बराल
लेखनाथ,१५ असोज।

सैनिक बस्थी ग्रुप नं१ लेखनाथको पाचौं साधारण सभा सनिबार सम्पन्न भएको छ।

सभाको उद्घाटन गर्दै स्थानिय समाजसेबी देउप्रसाद गुरुङले आफनो टोलको विकासका लागि स्वयम स्थानीयबासीहरु नै सामाजीक भाबनाले एकाकार भएर अगाडी वढ्ने हो भने जुन सुकै बिकास निर्माणका काम पनि सजिलैसग गर्न सकिने सुझाव राख्दै विकासका लागि मैले के पाए भन्दा पनि समाजका लागि मैले के दिए र के दिन सक्छु भन्ने बारेमा सवैले सोच विचार राखेर अगाडि वढ्नु पर्ने धारणा राखेका थिए।

सैनिक बस्थी ग्रुप नं१का अध्यक्ष सुबेदार चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजका सल्लाकार चेतबहादुर गुरुङ,क्याप्टेन गंगाबहादुर गुरुङ,शेरबहादुर गुरुङ,तेजबहादुर गुरुङ, सैनिक वस्थी आमा समुहकी अध्यक्ष श्रीमायाँ गुरुङ,पत्रकार भीमपाणि बराल,आर्थीक संयोजक लाल बहादुर गुरुङ र भुपु कोषाध्यक्ष चन्द्रबहदुर घले लगाएतले आ आफनो धारणा राखेका थिए।
समितिका सचिब रामबहादुर गुरुङले संचालन गरेको सो कार्यक्रममा धन्यबाद ज्ञापन उपाध्यक्ष कर्णबहादुर गुरुङले गरेका थिए भने सोही कार्यक्रममा समाजमा प्रबेश गरेका नयाँ सदस्य ओम कुमारी गुरुङ र दमबहादुर गुरुङलाई सम्मान गरिएको थियो

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .