BREAKING NEWS

Sunday, September 27, 2015

अघोषित नाकाबन्दीका विरुद्ध अन्तराष्ट्रिय अदालतमा जान्छौःमन्त्रि अधिकारी

 लेखनाथ,१०असोज।
नेपाल सरकारका स्वास्थ्य तथा जनसख्या मन्त्रि खगराज अधिकारीले भारत सरकारबाट मधेसी मोर्चाको आदेसमा लगाईएको अघोषित नाकाबन्दीका विरुद्ध सरकार अन्तराष्ट्रिय अदालतमा जाने तयारीमा रहेको कुरा बताएका छन्।
नेकपा एमाले कास्की क्षेत्र नं १ले आईतवार एतिहासीक संविधान सभाबाट नेपाली जनताको संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान घोषणा भएको खुसियालीमा लेखनाथमा राखेको चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्रि अधिकारीले नेपालको आन्तरिक मामलामा विदेशि शक्तिको हस्तक्षेप र चलखेलका विरुद्ध सरकार अन्तरष्ट्रिय स्तरमा कुरा उठाउने तयारीमा छ उनको भनाई थियो।
भुपरबेष्टित राष्ट्रले पाउने अधिकारीलाई कुनै शत्तिसाली राष्ट्रले आफनो स्वार्थका लागि नाकाबन्दी गर्न नपाउने कुरा बताउदै मन्त्रि अधिकारीले केहि समय नेपाल र नेपालीका लागि असुविधा भए पनि कालान्तरमा यो समस्यको समधान हुने छ उनले भने।

सरकार तराईको भुभागबाट उठाईएका मागहरुलाई सम्बोधन गर्न तयारीमा छ तर देशको सार्बभौम अधिकार र राष्ट्रियताका सबालमा पर्ने असुरक्षाका सबालमा भने कुनै हालतमा पनि सम्झौता गर्दैन उनको जोडदार आबाज थियो।  साथै मन्त्रि अधिकारीले अहिलेको विषम परिस्थितीलाई मध्यनजर राख्दै स्वयम नेपालीहरु आफनो खुटामा उभिन सक्ने गरि आर्काको अधिनमा बस्न नपर्ने गरि आर्थिक क्रन्तिका बाटाहरुलाई अबलम्बन गर्नु पर्छ उनको सुझाब यियो।
विश्वकै ईतिहासमा संसदका यति धेरै सदस्यको हस्ताक्षरबाट लागु भएको संविधन नेपालको मात्र रहेको कुरा बताउदै मन्त्रि अधिकारीले संविधानमा उल्लेख भएका ९०प्रतिशत विषयमा मधेसी नेताहरुको पनि समर्थन छ तर केहि विषयहरुमा मात्र उहाँको असहमति हो जुन राष्ट्रका लागि अहित हुने खालहरु छन् मन्त्रि अधिकारीको भनाई रहेको थियो।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .