BREAKING NEWS

Wednesday, September 30, 2015

कास्कीका नयाँ एलडिओ रामचन्द्र तिवारीको स्वागत

विभु भुसाल, पोखरा १३ असोज । 
कास्कीको नयाँ स्थानीय विकास अधिकारीको रुपमा आउनु भएका रामचन्द्र तिवारीको स्वागत गरिएको छ । पर्वतको शंकरपोखरी गा.वि.स. स्थायी घर भई पोखरामा विभिन्न पेशा र व्यवसायमा आवद्ध भएकाहरुले स्थापना गरेको शंकरपोखरी पोखरा सम्पर्क मञ्चको आयोजनामा तिवारीलाई स्वागत तथा सम्मान गरिएको हो ।
शंकरपोखरी पोखरा सम्पर्क मञ्चका अध्यक्ष नारापणप्रसाद शर्मा, उपाध्यक्ष जयकृष्ण भुसाल, सुरेश भुसाल, लगायत मञ्चको कार्यसमितिका पदाधिकारी सल्लाहकार, कार्यक्रममा उपस्थित शंकरपोखरी बासी, छिमेकी थापाठाना पोखरा सम्पर्क समाजका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले तिवारीलाई अबिर, माला तथा खादा लगाएस सम्मान तथा स्वागत गर्नुभएको थियो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा उपसचिव पदमा कार्यरत तिवारी मन्त्रालयबाटै सरुवा भएर आउनुभएको हो । उहाँ भन्दा अगाडी कास्कीमा तारानाथ अधिकारी स्थानीय विकास अधिकारी हुनुहुन्थ्यो ।
तिवारीलाई स्वागत तथा सम्मान गर्न आयोजित कार्यक्रममा मञ्चका सल्लाहकार तथा प्राध्यापक शोभाकान्त गौतमले तिवारीलाई सफल कार्यकालको शुभकामना दिँदै तिवारीको कास्की आगमनले सम्पुर्ण पश्चिमाञ्चललाई नै खुशी बनाएको बताउनुभयो । कास्कीको स्थानीय विकास अधिकारीको जिम्मेवारीको साथै आफ्नो जन्मभुमि प्रति पनि उत्तिकै दायित्वबोध गर्नुपर्ने भन्दै गौतमले आफ्नो ठाउँको विकासमा योगदान गर्नुपर्नेमा जोड दिनुभयो।
स्वागत कार्यक्रममा बोल्दै तिवारीले आफु कास्कीको स्थानीय विकास अधिकारीको रुपमा आएप्छि शंकरपोखरी प्रतिको दायित्व र कर्तव्य कहिल्यै नबिर्सिने भन्दै पर्वतबासी र विषेश गरी शंकरपोखरीको लागि आफु कास्कीमा रहेर हुने सहयोग पुर्ण रुपले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
मञ्चका अध्यक्ष नारायणप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुरेश भुसाल, सचिव भरत भुसाल थापाठाना पोखरा सम्पर्क समाजका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले उहाँलाई बधाई तथा शुभकामना मन्तव्य दिनुभएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .