BREAKING NEWS

Saturday, September 26, 2015

वान की मुनले नेपालबारे प्रकाशमानसँग बैठक गर्ने


९ असोज, काठमाडौं । 
संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले प्रधानमन्त्री सुशील कोइराला घरेलु समस्याका कारण न्युयोर्क नआएको आत्मसात गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग नेपालबारे बैठक गर्ने बताएका छन् । 

वान की मुनको सचिवालयबाट सम्वाददाताका लागि जारी पछिल्लो नोटमा नेपाल र राष्ट्रसंघको पारस्परिक हितबारे उपप्रधानमन्त्री प्रकाशमानसँग महासचिवले बैठक गर्ने बताइएको छ ।

साथै महासचिव मुनले नेपालको संविधान र शान्ति प्रक्रियाबारे राष्ट्रसंघको प्रतिवद्धता दोहोर्‍याएका छन् । मुनले लोकतान्त्रिक, शान्तिपूर्ण एवं संवृद्ध नेपालको मार्ग प्रशस्त गर्न लचिलो भएर प्रस्तुत हुने नेपाल र सरकार र आन्दोलनरत दुबै पक्षसँग आग्रह गरेका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .