BREAKING NEWS

Saturday, September 12, 2015

लेखनाथ सामुदायिक सेवा केन्द्रको ९औं साधारण सभा सम्पन्न

लेखनाथ : लेखनाथ सामुदायिक सेबा केन्द्र एवंम सामुदायिक प्रहरीको नवौ बार्षिक साधारण सभा शनिबार सम्मपन्न भएको छ। सभाको उद्घाटन गर्दै लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले लेखनाथ नगर क्षेत्रको विकास निमार्णका लागि यहाँ रहेका समाजिक संघ सस्था र नगरपालिका मिलेर अगाडि वढ्नु पर्नेमा जोड दिदै जाहाँ सहकार्य हुन्छ त्याहाँ विकास दु्ततर गतिमा हुने विचार राखेका थिए।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्णुबहादुर भटराईले सामुदायिक सेबा केन्द्र र प्रहरी मिलेर समाजमा ब्याप्त विकृति र विसंगतिको अन्त्य गर्नु पर्नेमा जोड दिएका थिए।
लेखनाथ सामुदायिक सेबा केन्द्रका कार्यवाहक अध्यक्ष दयाराम तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बाबुराम गिरी,प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, बार एसोसियसन कास्कीका अध्यक्ष खगेन्द्रराज आचार्य,लेखनाथ नगरपालिकाका कानुनी सल्लाहकार राममणि अधिकारी,नेपाली काग्रेस लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने, एकिकृत नेकपा माओवादीका लेखनाथ नगर संयोजक विनय थापा,राप्रपा नेपाल लेखनाथ नगर अध्यक्ष हरिबहादुर जिसी,सस्थापक अध्यक्ष मोती गिरी,पुर्व अध्यक्ष शैलेन्द्रमोहन भटराई,कालिका सामुदायिक सेबा केन्द्रका अध्यक्ष राजेश भण्डारी,केन्द्रकी सदस्य गीता सुवेदी लगाएतले आ आफनो धारणा राखेका थिए।
सेवा केन्द्रका निर्बतमान अध्यक्ष शेरबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सचिब त्रिलोचन लामिछानेले गरेका थिए।




Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .