BREAKING NEWS

Saturday, September 26, 2015

रुपा सहकारीले मनायो १२औं बार्षिक साधारण सभा

लेखनाथ, ९असोज।
रुपा बहुउदेश्यीय बतच तथा ऋण सहकारी सस्था लेखनाथ १२ले सनिबार आफनो १२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ।
कार्यक्रमको उद्घाटन गर्दै लेखनाथ उद्योग बाणिज्य संघका नव निर्बाचित अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले सहकारीले सामुहिक रुपमा आय आर्जनमा सहयोग पुग्ने खालका कार्यक्रमहरु मार्फत अगाडि वढ्नु पर्ने सुझाब राखेका थिए।
सहकारीका  ध्रब केसीको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ सहकारी मञ्चका अध्यक्ष प्रशान्तराज धमला,पोखरा विश्वबिद्यालयका सभासद् तिर्थ जंगली, जनता सहकारी सस्थाका अध्यक्ष विष्वमोहन पौडेल,गगनकालीका बचत तथा ऋण सहकारीका सचिब मेघराज पौडेल,राधाकृष्ण बृद्धाश्रमका अध्यक्ष प्रेम लिगल सेयर सदस्यहरुको तर्फबाट सरस्वती ताम्राकार लगाएतले गाउ गाउमा सहकारी घर घरमा रोजगारीको अवधारणाले अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए।
सस्थाका सदस्य शीला थापाले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन सचिब बलराम अधिकारीले गरेका थिए।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .