BREAKING NEWS

Wednesday, September 23, 2015

भारतलाई ओलीको जवाफ-अंगीकृत नागरिकता लिएर भोलि नै मुख्यमन्त्री हुनुपर्ने किन ?

'अन्त चुनाव हारेको मान्छे झापा मोरङ चाहिन्छ भन्दैछ'


६ असोज, काठमाडौं । नेपालको संविधानमा गर्नुपर्ने संशोधन भन्दै भारतले सात बुँदे सुझाव सार्वजनिक गरेपछि ‘प्राइमिनिष्टर इन वेटिङ’ मानिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले कडा जवाफ दिएका छन् । 
साहना प्रधान स्मृति प्रष्ठिनाद्धारा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले बुँँदागत रुपमा नै भारतलाई जवाफ दिए । नयाँ संविधान नेपालीका लागि बनाएको भन्दै ओलीले यसलाई लिएर कसैले टाउको दुखाउनुभन्दा फराकिलो छाति बनाएर स्वागत गर्न भारतलाई सुझाव दिएका छन् ।

आन्दोलनरत मधेसी र जनजातिलाई सम्बोधन गर्न भन्दै छिमेकी मुलुक भारतले नेपालको संविधानमा सात बुँदे संशोधन गर्न सुझाव दिएको थियो । एमाले अध्यक्ष ओलीले सानो देश र संक्रमणकालमा छ भन्दैमा पेल्न नपाइने बताए । ‘नेपाल सानो छ, अप्ठेरो अवस्थामा छ भनेर जसो गरे पनि हुन्छ भन्ने हाम्रो मित्रहरुले सोच्नु हुँदैन र सोच्नु हुने छैन भन्ने विश्वास छ’-ओलीले भने । 

भारतको नाम नलिई एमाले अध्यक्ष ओलीले भारतले अघि सारेको सात बुँदेको पालैपालो जवाफ दिए । अध्यक्ष ओली अंगीकृत नागरिकले राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री हुन पाउनुपर्ने भन्ने भारतीय दबाब प्रति निकै कठोर रुपमा प्रस्तुत भए । उनले भने-‘नेपालमा आएर बस्न पाएकै छ,अंगीकृत नागरिकता पनि दिएकै छ, घरजग्गा किन पैसा कमाऊ भनेकै छ । सांसद मन्त्री पनि बन्न दिएकै छ । अब त्यसले नागरिकता लिएको भोलिपल्टै नेपालको राष्ट्रपतिनै बन्न पाउनुपर्ने,प्रधानमन्त्री र मुख्यमन्त्रीनै बन्न पाउनुपने किन ? 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .