BREAKING NEWS

Friday, September 25, 2015

गण्डकी धौलागिरीमा पनि पेट्रोलियम पदार्थको हाहाकार


गोकुल बानियाँ, पोखरा ८ असोज
भारतले सिमा नाका ठप्प पारेपछि देशभर देखिएको पेट्रोलियम पदार्थको समस्या पोखरा सहित गण्डकी धौलागिरीका जिल्लामा पनि देखिएको छ ।
आपूर्ति नहुदा भएको स्टक पनि सकिएको छ । चार दिन अघिदेखि पेट्रोलपम्पमा देखिएको लाईन शुक्रवार शुन्य भयो । तेल सकिएपछि पेट्रोल पम्पपनि बन्द भएका छन् । पोखराको प्रस्र्याङमा रहेको शसस्त्र प्रहरीको कालिका पेट्रोल पम्पले पनि शुक्रवारबाट तेल दिन छोडेको छ । पम्पमा भएको स्टक सकिएकाले बितरण बन्द गरिएको पम्पका कर्मचारीले बताए ।
भारतले नेपालमा नाकाबन्दी गर्ने आसयको सुचना सार्वजनिक भएदेखि बितरणमा कडाई गरिएको भएपनि शुक्रवारबाट ठप्प भयो । अहिलेको स्टकले जेनतेन आईतवार सम्म धान्ने र त्यसपछि उपलब्ध गराउन नसकिने नेपाल आयल निगम गगनगौडा डिपो प्रमुख मनोज ठाकुरले पिसपोखराडटकमलाई जानकारी दिए ।
गण्डकी धौलागिरीमा पेट्रोलियम पदार्थ ढुवानी हुने रक्सौल नाकामै तेल लोड नभएको शुक्रवार छैटौ दिन हो । सिमा नाकाबाट लोड पनि हुन नसकेको र प्रहरी स्कटिङमा गएको गाडीहरु पनि रित्तै फर्किएकाले अबस्था झन् जटिल बनेको ठाकुरले बताए । ‘रक्सौलबाट लोड पनि हुन सकेन, वारीका गाडी वारी र पारिका गाडी पारि छन्’, उनले भने ‘ स्कटिङमा गएका गाडी पनि रित्तै फर्किएका छन् । ’
पोखरा सहित गण्डकी धौलागिरीमा दैनिक ८० हजार लिटर पेट्रोल र एक लाख ६० हजार लिटर डिजेलको माग छ । यस क्षेत्रमा ५२ वटा पेट्रोल पम्पहरु रहेका छन् । पेट्रोलियम डिलर्स एसोसिएसन गण्डकी धौलागिरीका सचिव राजन गंगजुले आईतवारबाट यस क्षेत्रमा पेट्रोलियम पदार्थको हाहाकार हुनसक्ने बताए । ‘ एक साता भयो अभाब सुरु भएको , ४ दिन देखि आपूर्ति शुन्य छ ’ उनले पिसपोखरासँग भने ‘ आईतवारबाट अवस्था जटिल हुनेछ । ’
पेट्रोलियम पदार्थको ढुवानी असहज भएपछि नेपाल आयल निगमले निजी सवारी छोडेर सार्वजनिक सवारी चढ्न आग्रह गरेपनि यस्तै अवस्था रहे सार्वजनिक सवारी सञ्चालनमा समेत कठिनाई आउने यातायात ब्यबशायीले बताएका छन् । पृथ्बी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐन कुमार साईले आईतवार बाट सार्वजनिक सवारी सञ्चालनमा समेत समस्या आउन सक्ने बताए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .