BREAKING NEWS

Tuesday, September 29, 2015

न्यू एरा उ.मा.वि.मा स्वागत कार्यक्रम


विष्णुहरि पौडेल
 लेखनाथ,१२असोज । लेखनाथ नगरपालिका वडा नं. ३ अर्घौमा अवस्थित न्यू एरा एकेडेमी उ.मा.वि. मा  कक्षा ११   का  विद्यार्थीहरुलाई स्वागत  गरिएको छ ।  कक्षा १२ को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी बिव्यस अध्यक्ष तेजस्वी वरालले विद्यार्थीहरुले आफैले आफूलाई नियन्त्रणमा राख्नुपर्ने धारणा राखेका थिए , प्राचार्य वेदप्रसाद वस्ताकोटीले शैक्षिक स्तर उकास्नका लागि आफूहरु लागि परेको बताए । शिक्षक रामचन्द्र दाहालले शुभकामना दिदै लगनशिल हुन आग्रह गरेका थिए ।कक्षा १२ र्का संगम अधिकारी को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कक्षा १२ का कुशल घिमिरेले स्वागत गरेका थिए ।उमावि शिक्षक विष्णुहरि पौडेल ,एकडेमिक डिन प्रकाश अधिकारी , शिक्षक दिनेश अधिकारी, हरिश्चन्द्र पौडेल, लेखा संयोजक संस्थापक रविन्द्र अधिकारीले शुभकामना दिएका थिए ।  कक्षा ११ का मनोज दवाडी र गंगा पुर्जाले  पनि आ आफ्ना भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन कक्षा १२ का नविन लुइटेलले गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .