BREAKING NEWS

Friday, September 18, 2015

नयाँ संविधानको प्रति सभाध्यक्ष नेम्वाङबाट भयो प्रमाणीकरण

असोज १ । ‘नेपालको संविधान २०७२’मा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले हस्ताक्षर गरी प्रमाणीकरण गरेका छन् । संविधानसभाबाट पारित संविधानलाई अध्यक्ष नेम्वाङले एक समारोहका बीच प्रमाणिकरण गरेका हुन् । संविधानसभाको ल्होत्से हलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्डसहित पूर्व प्रधानमन्त्रीहरु पनि सहभागी थिए । आगामी अजोस ३ गते सार्वजनिक गर्ने तयारी भएको संविधान संविधानसभाले प्रमाणीकरण गरेपछि प्रकाशन हुने भएको छ ।
नेपाली कागजमा छापेर प्रमाणीकरण गरिएका पाँचप्रति संविधान राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, कानुन मन्त्रालय र संविधानसभा सचिवालयको अभिलेखमा राखिनेछ । 
गत भदौ ३० गते संविधानसभाको बैठकबाट पारित संविधानको विधेयकका प्रतिमा सभासद्हरुबाट हस्ताक्षर गर्ने कार्य दिउँसो ३ बजे सकिएपछि संविधानसभा भवन बानेश्वरमा सभाध्यक्ष नेम्वाङले प्रमाणीकरण गरेका हुन् । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .